ओलीसँग कांग्रेसका २ नेताहरूको गोप्य भेट
काठमाडौं । नेपाली कांग्रेसका दुई जना नेताहरूले एमालेका अध्यक्ष खड्गप्रसाद ओलीलाई गोप्य रुपमा भेटवार्ता गरेको खुलासा भएको छ ।
कांग्रेसका पूर्व केन्द्रीय सदस्य डा.मीनेन्द्र रिजाल र प्रतिनिधि सभाका सांसद राजेन्द्र बजगाइँले मंगलबार राति ओलीसँग भेट गरेको स्रोतले जनाएको छ । ओलीलाई भेट्न कांग्रेसका नेताद्वय डा.रिजाल र बजगाइँ बालकोट पुगेका थिए ।
डा.रिजाल कांग्रेसको कुनै पनि ठूलो पदमा छैनन् । बजगाइँ गोरखाबाट निर्वाचित सांसद हुन् ।
डा.रिजाल र बजगाइँले पार्टीमा कसको सहमति लिएर एमालेका अध्यक्ष ओलीलाई भेट्न गएका हुन् केही भनिएको छैन ।
उनीहरूले ओलीसँग के विषयमा कुराकानी गरेका छन् त्यो पनि केही भनिएको छैन ।
डा.रिजाल र बजगाइँको निकै राम्रो सम्बन्ध छ । उनीहरू बेलाबेला साँझको खाजा खाने बेला पाँचतारे होटेल मेरियटमा देखिने गरेका छन् ।
सभापति शेरबहादुर देउवासँग डा.रिजाल र बगजाइँ नजिक छैनन् । तैपनि कोसँग सहमति लिएर ओलीलाई भेट्न गएका हुन् कांग्रेसभित्र ठूलो प्रश्न उठेको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया