सरकारको निर्णयले देशभरिका जनतामा खुसीयाली, अब बजारमा पैसा आउने
काठमाडौं । सरकारले जग्गाको कित्ताकाट खुला गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा बसेको मंगलबारको मन्त्रिपरिषद बैठकले लामो समयदेखि रोकिएको जग्गाको कित्ताकाट खोल्ने निर्णय गरेको सरकार प्रवक्ता एवं सञ्चर तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताएकी छिन् ।
सरकारले भू–उपयोग पहिलो संशोधन नियमावली २०७९ स्वीकृति गर्ने निर्णय गरेको भन्दै नियमावली पास भएसँगै जग्गा कित्ताकाट खुला भएको बताइन् ।
उनले भू–उपयोग नियमावली नबनेका कारण घरजग्गा कारोबारमा कित्ताकाट तथा अंशबण्डा रोकिएकाले त्यसलाई सहज बनाउनको लागि मन्त्रिपरिषद्ले भू–उपयोग पहिलो संशोधन नियमावली २०७९ स्वीकृत गर्ने निर्णय गरेको पनि बताइन् ।
Published : Wednesday, 2023 April 19, 8:20 am
बिचार/ब्लग
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया