आयातित नेता होइनन् कांग्रेसका भट्टराई, माटोले खोजेको, तनहुँ १ का जनताले रोजेको उम्मेदवार
काठमाडौं । तनहुँ क्षेत्र नं. १ बाट प्रतिनिधि सभातर्फ उप–निर्वाचनमा उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता गोविन्द भट्टराई शालिन छन् ।
लामो समय कांग्रेसमा रहेर पनि कहिल्यै पनि उनले ‘यो पद पाइन, त्यो पद पाइन’ भनेर कहिल्यै नेतृत्वलाई गाली गरेनन् । असन्तुष्टि जनाएनन् ।
नेविसंघको केन्द्रीय अध्यक्ष भएको लामो समयपछि जनप्रतिनिधिका लागि उम्मेदवार बन्ने अवसर पाएका छन् ।
जनप्रतिनिधि नहुँदा पनि सधैँ उनले तनहुँका जनताको सेवामा आफूलाई समर्पित गरे । तनहुँ क्षेत्र नं. १ का जनतालाई पानी खुवाउन उनले धेरै सहयोग गरेका छन् । सडकहरू बनाउन मद्दत गरेका छन् । विद्यालयको भौतिक संरचना र खानेपानीको व्यवस्थापन गर्न भूमिका खेलेका छन् । उनका यस्ता उदाहरण धेरै छन् ।
त्योभन्दा पनि कांग्रेसका नेता सरल र सहज छन् । भट्टराई कहिल्यै पनि ठूलो हुन जानेनन् । सधैं कार्यकर्ताका माझ रमाउन चाहे ।
त्यसैले उनलाई तनहुँका जनताले भन्ने गर्छन् ‘माटोले खोजेको, जनताले रोजेको नेता’ भनेर । उनलाई मतदाताहरूले चुनावी प्रचारका क्रममा ‘तनहुँको शान गोविन्द भट्टराईलाई रुख चिन्हमा मतदान गरी अत्याधिक मतले विजयी गराउँ’ भनेरै नारा लगाइने गरिएको छ ।
कांग्रेस नेता भट्टराई तनहुँ क्षेत्र नं. १ कै स्थानीय हुन् । उनी आयातित नेता होइनन् । अवसरकै लागि अर्काको जिल्ला वा क्षेत्रमा गएर चुनावमा प्रतिस्पर्धा गर्ने नेता पनि भट्टराई होइनन् । उनी अवसरका लागि सबै इमान भुल्ने नेता पनि होइनन् ।
यो कुरा तनहुँ १ का मतदाताले राम्रोसँग बुझेका छन् । उनले मन्त्री बन्न वा सांसदको टिकट पाउनका लागि अरु दलहरूमा जस्तो करोड खर्च गरेका पनि छैनन् । नयाँ केही दलहरूले सांसद र मन्त्री बनाउन दुई करोडको माग गरेको अडियो सार्वजनिक भइरहेका बेला तनहुँ १ मा कांग्रेसका नेता भट्टराईको उम्मेदवारी झन् सान्दर्भिक बनेको छ ।
नेता भट्टराईको चुनावी प्रचारमा विशेष गरेर महिलाहरू अत्याधिक रुपमा उत्रिएका छन् । महिला दिदीबहिनीहरूले नेता भट्टराईलाई मतदान गर्न अपील गर्दै प्रचार प्रसारहरू गरिरहेका छन् ।






बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया