अर्थमन्त्री डा.महतमाथि एमालेका सुलसुलेहरूको प्रहार, विष्णुका रायलाई बचाउन आरजुको बद्नाम
काठमाडौं । एमालेले तहस नहस बनाएको मुलुकको अर्थतन्त्रलाई नेपाली कांग्रेसले सुधार गर्न सम्हालेको छ ।
कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । डा.महतले अर्थ मन्त्रालयको नेतृत्व सम्हालेको दुई हप्ता पनि पुगेको छैन ।
एमालेको कब्जामा रहेको अर्थ मन्त्रालयका सीमित कर्मचारीहरूले मन्त्री डा.महतलाई असहयोग गर्ने प्रयासहरू गरिरहेका छन् ।
एमाले समर्थक कर्मचारीहरूले के बुझेका छैनन् भने अर्थमन्त्री डा.महत साधारण लेखपढ मात्रै गरेका व्यक्ति होइनन् । डा.महतले अमेरिकाबाट अर्थशास्त्रमा विद्यावारिधी गरेका छन् । डा.महतले अर्थतन्त्र राम्रोसँग बुझेका छन् ।
डा.महतले विगतमा एमालेले ध्वस्त पारेको मुलुकको अर्थतन्त्रलाई सुधार गर्ने चुनौति छभन्ने कुरा पनि बुझेका छन् । एमालेका अध्यक्ष खड्गप्रसाद ओलीका विश्वासपात्र तत्कालीन अर्थमन्त्री डा.युवराज खतिवडा र विष्णु पौडेलले अर्थतन्त्र समाप्त पारेका थिए ।
बैंकको व्याज बढाउनेदेखि अन्तर्राष्ट्रिय बजारबाट महँगोमा ऋण उठाउने काम एमालेकै सरकार र एमालेकै अर्थमन्त्रीहरूले गरेका हुन् । चीनसँग मिटर व्याजमा ऋण लिने काम पनि एमालेकै अर्थमन्त्रीहरूले गरेका हुन् ।
जग्गाको कित्ता काट गर्नेदेखि १० लाख रुपियाँसम्मको रकम बैंकमा राख्दा स्रोत नखोजिने कार्यलाई हटाउने कार्य पनि एमालेले नै गरेको हो । त्यसपछि पैसाको अभाव बजारमा हुन शुरु भएको थियो ।
एमालेका तत्कालीन अर्थमन्त्रीद्वय डा.खतिवडाको गलत अर्थनीति र पौडेलको मनोपोली तथा नेपाल राष्ट्र बैंकका हालका गभर्नर महाप्रसाद अधिकारीले नै अर्थतन्त्र बिगारेका हुन् ।
अर्थ मन्त्रालयका सचिव तोयम राय एमाले समर्थक मानिन्छन् । रायलाई एमालेका अर्थमन्त्री पौडेलले अर्थ मन्त्रालयमा भित्र्याएका हुन् । रायलाई अर्थ मन्त्रालयबाट हटाउने सम्भावना भएपछि उनलाई बचाउन एमाले समर्थकहरू न्वारनदेखिको बल लगाउन थालेका छन् ।
एमाले समर्थक अनलाइनहरूमा समाचार लेखाएर अर्थ सचिव रायको सरुवा रोकाउने प्रयासहरू गरिरहेका छन् । अर्थ सचिव रायले किन समाचार लेखाइरहेका छन् कसैले बुझेको छैन । अझ अर्थ सचिवमा कांग्रेस केन्द्रीय सदस्य आरजु राणाको चासो रहेको भनेर अनर्गल समाचारहरू लेखाइएका छन् ।
अर्थ सचिवमा कृष्णहरि पुष्करलाई ल्याउन आरजुले अर्थमन्त्री डा.महतलाई दवाव दिएको भनेर एमाले समर्थक अर्थात मुखपत्र मानिने अनलाइनहरूमा समाचार आइरहेका छन् ।
अर्थमन्त्री डा.महतलाई सहज हुने सचिव ल्याउन सक्छन् । डा.महतलाई राय वा पुष्कर या जो पनि सहज हुन्छ उसलाई अर्थ सचिव बनाएर ल्याउने वा राख्ने अधिकार छ ।
मिडियावाजी गरेर कुनै अर्थ रहँदैन । एमालेले ध्वस्त पारेको अर्थतन्त्र सुधार गर्न डा.महतले कठोर कदम चाल्न सक्छन् । उनले आवश्यक पर्दा एमाले समर्थक गभर्नर महाप्रसाद अधिकारीलाई पनि प्रक्रिया पुर्याएर हटाउन सक्छन् । एमालेलाई सूचना चुहाउने गभर्नर अर्थमन्त्री डा.महतलाई नचाहिन पनि सक्छ ।
अर्थसचिव रायले पनि एमाले र पूर्वअर्थमन्त्री पौडेललाई सूचना चुहाउन सक्छन् । यस्तो अवस्थामा अर्थसचिव रायलाई पनि हटाएर आफूलाई विश्वास लाग्ने अर्थ सचिव ल्याउन सकिन्छ ।
पुष्करलाई देखाएर रायले अर्थ सचिवको पद बचाउन खोजेका छन् भन्ने कुरा सबैले बुझेका छन् । अर्थमन्त्री डा.महतले अर्थ मन्त्रालयका महत्वपूर्ण विभाग, शाखा र निकायमा काम गर्न सहज हुने आफू निकटका कर्मचारीलाई छिटो ल्याउनुपर्छ । एमाले समर्थक कर्मचारी छन् भने उनीहरूलाई अर्थ मन्त्रालयबाट हटाएर मातहतका अन्य कार्यालय र विभागहरूमा सरुवा गर्नुपर्छ । होइन भने उनीहरूले सूचना चुहाएर अर्थमन्त्री डा.महतलाई हैरान बनाउनेछन् ।
डा.महतले अर्थतन्त्र बुझेका विज्ञहरूको सानो टिम बनाउनुपर्छ । पूर्व अर्थमन्त्रीहरूसँग परामर्श गर्नुपर्छ । व्यवसायीहरूसँग सल्लाह लिनुपर्छ । पूर्व अर्थमन्त्री डा.रामशरण महतसँग पनि परामर्श गर्नुपर्छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया