रवि र उनका हनुमानको यस्तो छ कर्तुत्, भेंडा मतदाता र समर्थकहरूले अब के गर्लान् ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपियाँ मागेको अडियो सार्वजनिक भएको छ ।
आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई साढे २ करोड रुपियाँ बुझाउनुपर्ने भन्दै सांसद श्रेष्ठले बी एण्ड सी मेडिकल कलेजका सञ्चालक प्रसाईंसँग रकम मागेका छन् ।
आइतबार सामाजिक सञ्जालमा सार्वजनिक भएको अडियोमा सांसद श्रेष्ठले रास्वपाले स्वास्थ्य मन्त्रालय पाउने भएको बताएका छन् । उनले मन्त्री बन्नका लागि नेताहरूले आफूसँग साढे २ करोड मागेको बताएका छन् ।
पधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारमा सहभागी रास्वपाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा दाबी गर्दै आएको थियो ।
माघ ३ गते मन्त्रिपरिषद् विस्तार हुनुअघि भएको यो संवादमा सांसद श्रेष्ठले मन्त्री बन्न रकम माग गरेका छन् ।
‘स्वास्थ्य हामीले पाउने भयो, पार्टीलाई सहयोग गर, साढे २ जति चाहियो भन्दै थिए’, श्रेष्ठले व्यवसायी प्रसाईंसँग भनेका छन्, ‘मेरो पक्का भयो, मैले आज फिक्स गर्नु छ क्या सर ।’
उनले भनेका छन्, ‘मन्त्री पनि बन्नुपर्यो, धोइपखाली गरेर स्वास्थ्य क्षेत्र पूरा सफा पनि गर्नु छ । मैले धेरै गर्छु भनेर सोचेको छु, त्यसमा हजुरहरूको सहयोग पनि चाहियो ।’ सुरुदेखि नै रविलाई सहयोग गर्दै आएको कोर टिमले रकम मागेको सांसद श्रेष्ठले बताएका छन् ।
उनले भनेका छन्, ‘रवि सर देखा पर्नुभएको छैन, बाहिरका २/३ जना साथी हुनुहुन्छ । उहाँहरूलाई दिने हो, पार्टीलाई जान्छ भनेका छन् ।’ उनले मेडिकल व्यवसायी प्रसाईंलाई रकम दिए आफूले मिलेर काम गर्ने समेत बताएका छन् ।
ह्वाट्सएपमा भएको भनिएको संवादमा व्यवसायी प्रसाईंले पनि २ करोड सहयोग गर्ने बताएका छन् । प्रसाईंले त्यसका लागि केही समय लाग्ने बताएका छन् । ‘तपाईंलाई मैले २ करोड रुपियाँ दिने ग्यारेन्टी गरें’, प्रसाईंले भनेका छन्, ‘उनीहरूसँग टाइम माग्नुस्, म दिन्छु भन्नुस् ।’
संवादका क्रममा प्रसाईंले तोसिमा कार्कीले लडाईं गर्दिनन् नि भन्ने प्रश्न गरेका छन् । रास्वपा सांसद श्रेष्ठले मन्त्री छान्ने जिम्मा रवि लामिछानेलाई दिइसकेका कारण कुनै समस्या नहुने बताएका छन् ।
त्यो बेलामा स्वास्थ्यमन्त्रीका लागि रास्वपामा श्रेष्ठसँगै डा. चन्दा कार्की र डा. तोसिमा कार्की आकांक्षी थिए । माघ ३ गते भएको मन्त्रिपरिषद विस्तारका क्रममा स्वास्थ्य मन्त्रालय एमालेले पाएको थियो । स्वास्थ्य राज्यमन्त्री भने रास्वपाकी तोसिमा कार्की भएकी थिइन् ।
माघ २२ गते रास्वपाले सरकार छाड्यो । दुई महिनापछि अडियो सार्वजनिक भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रेष्ठले मेडिकल व्यवसायी प्रसाईंसँग पैसा मागेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्ने भएको छ ।
श्रेष्ठले पार्टी सभापति लामिछानेको टिमलाई दिनुपर्ने भन्दै व्यवसायी प्रसाईंसँग २ करोड रुपियाँ मागेको अडियो सार्वजनिक भएको थियो ।
सामान्यतया: अख्तियारले गैरकानूनी लेनदेन, घुस लगायतका उजुरीमा प्रहरी महाशाखा अन्तर्गत जिम्मेवारी तोक्छ ।
सांसदहरू सार्वजनिक पदमा बसेका व्यक्ति हुन् । सार्वजनिक पदमा बसेकाहरूले पैसा मागेमा त्यसलाई घुसका रुपमा लिइन्छ र यसमा भ्रष्टाचारको आरोप आकर्षित हुन्छ ।
श्रेष्ठलाई अडियो प्रकरणमा दोषी देखिए ७२ घण्टाभित्र कारबाही गरिसक्ने लामिछानेले बताएका छन् । लामिछानेले भने, ‘दोषी देखिए ७० घण्टाभित्र सांसद पदबाट बर्खास्त गरेर उनको ठाउँमा अर्को सांसदलाई प्रवेश गराएको दृश्य सञ्चारमाध्यमबाट हेर्नुहुनेछ ।’
उनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग संवादको अडियो सार्वजनिक भएको एक घण्टाभित्रै सांसद श्रेष्ठलाई स्पष्टीकरण सोधेर छानबिन थालिएको समेत बताएका छन् ।
सभापति लामिछाने चितवन २ बाट प्रतिनिधि सभातर्फ उप–निर्वाचनमा उम्मेदवार बनेका छन् ।
लामिछानेले चितवन २ बाट जित्ने दाबी गरिरहेका छन् । यहि बेला उनले मन्त्री बनाउन दुई करोड आफ्नै सांसदसँग माग गरेको खुलासा भएको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया