गोविन्द र स्वर्णिमसँग भिडेकी शोभालाई जेल पठाउने सजाय
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ शोभा गुरुङ चेक अनादरको मुद्धामा दोषी ठहर भएकी छिन् ।
शोभा तनहुँको क्षेत्र नं. १ को प्रतिनिधि सभाको उप–निर्वाचनमा राप्रपाकी उम्मेदवार बनेकी छिन् ।
उच्च अदालत पाटनले आइतबार शोभालाई खातामा पर्याप्त रकम नभई चेक काटेको मुद्दामा दोषी ठहर गर्दै ३ दिन कैद सजाय सुनाएको हो ।
न्यायाधीशहरू ऋषिराम दवाडी र राजेन्द्र खरेलको इजलासले शोभालाई दोषी ठहर गरेको छ । शोभाविरुद्ध जाहेरीकर्ता लक्ष्मीकुमारी लिम्बुलाई १० लाख रुपियाँ भराउने आदेश गरेको छ ।
उच्च अदालतले शोभामाथि १० लाख रुपियाँ जरिवाना तिराउने आदेश गरेको छ । उनलाई थप ४० हजार रुपियाँ क्षतिपूर्ति कोषमा तिराउने आदेशसमेत गरेको छ । फैसलाविरुद्ध शोभाले सर्वोच्च अदालतमा पुनरावेदन दिन पाउँछिन् ।
निर्वाचन आयोगका सह–सचिव यज्ञ भट्टराईले कुनै मुद्दा अन्तिम अदालतबाट फैसला नभएसम्म व्यक्ति दोषी ठहर भएकै आधारमा उम्मेदवारीबाट वञ्चित नहुने बताएका छन् ।
उच्च अदालतबाट दोषी ठहर हुँदै कैद तथा जरिवाना भए पनि शोभाको उम्मेदवारी तत्कालका लागि खारेज हुनेछैन । तनहुँ क्षेत्र नं. १ को उप–निर्वाचनमा नेपाली कांग्रेसका गोविन्द्र भट्टराई र राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले उम्मेदवार बनेका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया