प्रचण्ड, देउवा र ओलीबीच आकस्मिक भेटवार्ता, बाङ्गिन खोजेको एमाले साइजमा आयो
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष खड्गप्रसाद ओलीबीच भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित संसद सचिवालयमा सभामुखको कार्यकक्षमा तीन शीर्ष नेताहरूबीच शनिबार भेटवार्ता भएको हो । भेटमा एमालेका नेता समेत रहेका सभामुख देवराज घिमिरे पनि उपस्थित रहेका थिए ।
उनीहरूका बीच संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई विशेष समितिमा लैजाने विषयमा छलफल भएको थियो ।
उनीहरूका बीच विधेयकलाई फास्ट ट्रयाकमा सदनबाट टुंग्याउने कुरा भए पनि ठोस सहमति हुन सकेको छैन ।
प्रधानमन्त्री दाहाल र देउवा विधेयकलाई फास्ट ट्रयाकबाट पारित गर्न चाहेका छन् । एमालेका अध्यक्ष ओलीले विद्येयकलाई अड्काउन खोजेका छन् ।
यद्यपि, विधेयकलाई विषयगत समितिमा लैजानुपर्ने र विशेष समिति गठन गरेर अघि बढ्ने मध्यमार्गी उपाय निकालिएको छ ।
प्रतिनिधि सभामा दफावार छलफलमा रहेको बेपत्ता पारिएका व्यक्ति छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकमा दलहरू विभाजित छन् ।
संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई टुंग्याउन छुट्टै विशेष समिति गठन गर्ने समझदारी शीर्ष नेता पुगेका छन् ।
एमालेले सदनबाट फास्ट ट्रयाकमा टुंग्याउन नमानेकाले सत्तापक्ष सर्वाेच्च अदालतबाट समेत ध्यानाकर्षण भएको संक्रमणकालीन न्यायसम्बन्धी विधेयक विशेष समितिमा लगेर छिटो निष्कर्षमा पुर्याउन तयार भएको छ ।
हालै पारित भएको प्रतिनिधि सभा नियमावली, २०७९ को दफा १८० मा विशेष एवं संवेदनशील वा गम्भीर प्रकृतिका विधेयक वा अन्य कार्यका लागि आवश्यकताअनुसार विशेष समिति गठन गर्न सकिने व्यवस्था छ ।
पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले सदनभित्र रहेको टिआरसीसम्बन्धी, संवैधानिक परिषदसम्बन्धी र सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयकलाई राष्ट्रका निम्ति छिटो टुंग्याउन जरुरी रहेको विषयमा शीर्ष नेताबीच छलफल भएको बताए ।
दाहालले सो विषयमा सहमति बनाउने कुरामा सैद्धान्तिक रूपमा सबै सहमत रहेको बताएका छन् ।
विज्ञ, संविधानविद् र कानूनविदसमेत सहभागी बनाएर २८ चैतको बैठकबाट विधेयकलाई टुंगाउने तयारी छ ।
कांग्रेस सभापति देउवाले विशेष समिति मिलनबिन्दु हुनसक्ने बताएका छन् । उनले भने, ‘टिआरसीमा राम्रो कुरा भयो । प्रचण्डजीले जे भन्नुभयो त्यही कुरा हो ।’
एमाले अध्यक्ष ओलीले सदनलाई कसरी प्रभावकारी बनाएर अगाडि बढाउने र अहिले आइराखेका समस्या कसरी समाधान गर्ने विषयमा छलफल भएको बताएका छन् ।
ओलीले भने, ‘टिआरसी विधेयकमा पनि छलफल भयो । फास्ट ट्रयाकबाट कति गर्न मिल्छ, कति मिल्दैन हामी छलफल गर्दैछौं । फेरि अर्काे दिन बसेर टुंग्याउँछौं ।’
‘कुनै न कुनै हिसाबले समितिमा त जानेभयो’, ओलीले भनेका छन् । चैत ५ गते प्रतिनिधि सभामा पेश भएको संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा २८ वटा संसोधन प्रस्ताव परेका छन् ।
विद्येयकमाथि दफावार छलफल गरेर समितिमा पठाउने वा पूर्ण सदनबाटै पास गर्नेभन्ने टुंगाउन बाँकी छ । शान्ति प्रक्रियाका पूरा हुन बाँकी रहेका विषयमा टुंगोमा पुग्न नसक्दा माओवादीलाई तनाब भएको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया