किन होसमा छैनन् बालेन ? असक्षम मेयर तत्काल राजीनामा देउ

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले आफूलाई राजनीतिक रुपमा स्टन्ट गरेर चर्चित बनाउन खोेजेका छन् ।

काठमाडौं महानगरपालिकाको मेयरमा विजयी भएपछि शाहले काम गर्नेभन्दा पनि सामाजिक सञ्जालमा अन्टसन्ट लेखेर नेताहरूलाई गालीगलौज गर्ने, राजनीतिक दलको खोइरो खन्ने कार्य गरिरहेका छन् ।

शनिबार बिहान पनि सामाजिक सञ्जालमा अन्टसन्ट लेखेर सबैको ध्यान आफूतिर तानेका छन् । उनले फोहर व्यवस्थापनलाई लिएर नेताहरूलाई गाली गरेका छन् ।

उनले लेखेका छन्, ‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन । साच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरूलाई सिस्डोलमा डम्प गर्नुपर्ने हुन्छ ।’

शाह पनि नेता हुन् । केटाकेटी होइनन् । शाहले जिम्मेवारपूर्ण अभिव्यक्ति दिनुपर्छ ।

मेयर शाहले काम गर्न सक्छने भने राम्रोसँग गरुन् । होइन भने मेयर पदबाट राजीनामा दिएर पत्नी र आफ्नो गजडी ग्याङसँग मनलाग्दी गर्न पाइन्छ ।

मेयर शाहलाई काम गर्नका लागि कसैले पनि अबरोध गरेका छैनन् । नेपाली कांग्रेससहितका दलहरूले सहयोग नै गरेका छन् ।

अहिले आएर किन उनले जथाभावी लेख्ने गरेका छन् । उनी जिम्मेवार पदमा बसेर जथाभावी बोल्ने हो भने महानगरपालिकाको काम कसले गर्छ ?

फोहर व्यवस्थापन गर्ने काम स्थानीय तहको हो । स्थानीय तहलाई धेरै ठूलो अधिकार र जिम्मेवारी छ । सिसडोलमा फोहर व्यवस्थापन गर्न अबरोध छभने मेयर शाहले आफ्नै महानगरपालिकाभित्र फोहर व्यवस्थापन गर्नुपर्छ ।

नुवाकोटको सिसडोलमा लगेर किन फोहर व्यवस्थापन गर्ने ? फोहरलाई पुन: प्रयोग गर्न पनि सकिन्छ ।

मेयर शाहका पछिल्ला हर्कत र कर्तुतहरू निर्क आपत्तिजनक छन् । केही समयका लागि शाहका कुरा राम्रो लागे पनि दीर्घकालका लागि उपयुक्त छैनन् ।

शाहले राजनीतिक दल खोलेर मैदानमा जान सक्छन् । सायद यस्ता कुरा गरेर शाहले राजनीतिक दल खोलेर अवसर लिने चाहनामा रहेको पनि बुझ्न सकिन्छ ।

Published : Saturday, 2023 April 8, 5:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया