काठमाडौंको मुख्य भागमै ठूलो दुर्घटनाबाट बच्यो हेलिकप्टर, फेरि प्रदीप अधिकारीको असक्षमता देखियो

काठमाडौं । काठमाडौंमा हेलिकप्टर ठूलो दुर्घटनाबाट बालबाल बचेको छ ।

शनिबार धापासीस्थित ह्याम्पस हस्पिटलको छतमा ल्याण्ड गर्ने क्रममा एयर डाइनेस्टीको हेलिकप्टर ९एन–एजेडी (एएस–३५०) पुच्छरतिरको पंखा भाँच्चिएको थियो । त्यसलाई प्राधिक भाषामा टेल रोटर भनिन्छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टर दुर्घटनाबारे टेल स्ट्राइक भनेर सानो घटना भनेको छ ।

प्राधिकरणले सामाजिक सञ्जालमार्फत भनेको छ, ‘एयर डाइनेस्टीको हेलिकप्टर ९एन–एजेडी (एएस–३५०) ह्याम्स अस्पतालमा अवतरण गर्ने क्रममा टेल स्ट्राइकको सानो घटना भएको थियो ।’

‘कुनै चोटपटक लागेको छैन र हेलिकप्टरको टेल रोटर मात्र भाँचिएको छ’, प्राधिकरणले भनेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा प्रदीप अधिकारी आएपछि नेपाली आकाश असुरक्षित बनको आरोप छ ।

अधिकारीले राम्रोसँग जिम्मेवारपूर्ण तरिकाले काम नगरेका कारण यस्ता घटना बारम्बार दोहोरिएको आरोप छ ।

अधिकारीले महानिर्देशक पद सम्हालेपछि पोखरामा ७२ जनाको ज्यान जाने गरेर जहाज दुर्घटना भएको छ । त्यो दुर्घटनाको जिम्मेवारी अधिकारीले लिएका छैनन् । सरकारले पनि महानिर्देशक अधिकारीलाई कारबाही पनि गरेको छैन ।

प्राधिकरणभित्र साँढे जस्तै गरेर महानिर्देशक अधिकारी बसेका छन् । हवाइ उड्डयनको क्षेत्रमा निकै जोखिम बढिरहेको छ । तैपनि अधिकारीले ठोस योजना र कार्यक्रम ल्याउन सकिरहेका छैनन् ।

Published : Saturday, 2023 April 8, 4:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया