स्वर्णिम वाग्लेद्वारा चन्दा आतंक, पाताकसेर कारबाही गर्न आयोगसँग माग

काठमाडौं । तनहुँ क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा.स्वर्णिम वाग्लेले संविधान र कानून विपरित चन्दा आतंक मच्चाएका छन् ।

वाग्लेले चुनावका लागि सार्वजनिक रुपमा चन्दा मागेका छन् । उनले सामाजिक सञ्जालमार्फत चन्दा माग गरेका हुन् ।

चन्दा माग्नु गैरकानूनी कुरा हो । वाग्लेले सामाजिक सञ्जालमार्फत चन्दा माग गर्दा पनि निर्वाचन आयोगले कुनै पनि एक्शन लिएको छैन ।

नेत्रविक्रम चन्द ‘विप्लव’ले चन्दा माग्दा कानूनको डण्डा चलाइन्छ । तर, रास्वपाका उम्मेदवार वाग्लेले चन्दा माग गरेर आफ्नो खाता नम्बर सार्वजनिक गर्दा पनि राज्यका आंगहरू चुप लागेर बसेका छन् ।

नेपाली कांग्रेसमा रहेर अुकत कमाइ गरेका र चरम अवसर पाएका वाग्लेले राष्ट्रपतिको सल्लाहकार नपाएको झोँकमा रास्वपामा प्रवेश गरेर तनहुँ क्षेत्र नं. २ बाट उम्मेदवार बनेका छन् ।

नेपाली कांग्रेसका शालिन नेता गोविन्द भट्टराई उम्मेदवार बनेका छन् । भट्टराईले तनहुँ १ मा निकै विकास गरेका छन् ।

तनहुँ १ का मतदाताले कांग्रेसका उम्मेदवार भट्टराईलाई जिताउने अपेक्षा तनहुँ कांग्रेसले लिएको छ ।

Published : Thursday, 2023 April 6, 10:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया