चितवन २ मा लामिछानेको नौटंकी, मतदाताहरूलाई भेँडा नबन्न सुझाव

काठमाडौं । चितवन क्षेत्र नं. २ बाट पुन: प्रतिनिधि सभाको उप–निर्वाचनमा उम्मेदवार बनेका पूर्व अमेरिकन नागरिक रवि लामिछानेले नौटंक देखाएका छन् ।

चुनावी प्रचारका क्रममा ग्रामीण भेगको एउटा गरिवको घरमा खाना पकाउन लगाएर खाएका छन् । खाना खान लागेको तस्वीर लामिछानेले ट्वीटरमार्फत सार्वजनिक गरेर चितवन २ का मतदातालाई भेँडा बनाएको आरोप छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेकै कारण चितवन २ मा राज्यको करोडौं रुपियाँ नोक्सानी गरेर पुन: उप–निर्वाचन हुन लागेको छ ।

विभिन्न काण्ड गरेर अकुत कमाइ गरेको अभियोग खेप्दै आएका लामिछानेले धेरै नौटंकी जनतालाई पंगु बनाउने गरेको आरोप छ ।

चितवन २ बाट पुन: जित्नका लागि लामिछानेले विभिन्न खालका नौटंकहरू गरिरहेका छन् । लामिछानेको घरमा निकै महँगा कुर्सी, सोफा र विलासिताका सामाग्री छन् ।

उनले ती सामाग्रीलाई ओझेलमा पार्ने गरेर चितवन २ मा नौटंक गरेपछि धेरैले सामाजिक सञ्जालमा आलोचना गरेका छन् ।

कीर्ते गरेर नेपाली नागरिकता र राहदानी लिएका लामिछानेलाई चितवन २ ले पुन: जिताउने हुन् वा स्थानीय नेतालाई जिताउँछन् हेर्न बाँकी छ ।

Published : Thursday, 2023 April 6, 9:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया