देउवा–यादवका कारण कांग्रेसले अर्को मुख्यमन्त्री पाउने पक्का, यस्तो छ सर्त

काठमाडौं । नेपाली कांग्रेसले मधेश प्रदेशमा पहिलो पटक मुख्यमन्त्री पाउने भएको छ ।

जनता समाजवादी पार्टी नेपाल (जसपा)ले कांग्रेसलाई मुख्यमन्त्री दिएर सहयोग गर्ने सहमति बनेको उच्च स्रोतले जनाएको छ ।

मुख्यमन्त्री पाउन कांग्रेसले बाराको क्षेत्र नं. २ को प्रतिनिधि सभातर्फको वैशाख १० गतेको उप–निर्वाचनमा उम्मेदवार बनेका जसपाका अध्यक्ष उपेन्द्र यादवलाई जिताउनुपर्छ ।

मधेश प्रदेश प्रदेशमा मुख्यमन्त्री पाउन कांग्रेसले बारा २ को उप–निर्वाचनमा जसपाका प्रतिनिधि सभाका उम्मेदवरा यादवलाई सघाउनुपर्नेछ ।

कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिबाट निर्णय गरेर यादवलाई बारा २ को उप–निर्वाचनमा सहयोग गर्ने निर्णय गरेको छ ।

कांग्रेसले मधेश प्रदेशमा मुख्यमन्त्री पायो भने मधेश प्रदेश संसदीय दलका नेता तथा सभापति कृष्ण यादव मुख्यमन्त्री बन्नेछ ।

कांग्रेस सभापति शेरबहादुर देउवा र जसपाका अध्यक्ष यादवबीच भएको सहमतिअनुसार बारा २ मा यादवलाई सहयोग गर्ने त्यसवापत कांग्रेसलाई मधेश प्रदेशको मुख्यमन्त्री दिने सहमति बनेको हो ।

कांग्रेसले बारा २ मा जसपाका अध्यक्ष यादवलाई उप–निर्वाचनमा सहयोग गर्न मधेश प्रदेशको मुख्यमन्त्री मागेको थियो ।

बारा २ बाट निर्वाचित जसपाका नेता रामसहायप्रसाद यादव उप–राष्ट्रपति बनेपछि सो क्षेत्रमा वैशाख उप–निर्वाचन हुन लागेको छ ।

मधेश प्रदेश सरकारबाट एमाले मंगलबार बाहिरिएको छ । अब कांग्रेसले नै सरकार बनाउनेछ ।

कांग्रेसका कार्यकर्ताले इमान्दारिताका साथ उपेन्द्र यादवलाई बारा २ मा मतदान गरेर विजयी गराएपछि मात्रै कांग्रेसले मधेश प्रदेशमा मुख्यमन्त्री पाउनेछ ।

Published : Wednesday, 2023 April 5, 11:36 am

फेसबुकबाट तपाईको प्रतिक्रिया