एसपी कार्कीले ‘फलानो’ संठनलाई च्यापेपछि नेविसंघले कुटाइ खायो, कांग्रेसले दियो चेतावनी
काठमाडौं । नेपाली कांग्रेसले चितवनको रामपुर कृषि क्याम्पसमा नेपाल विद्यार्थी संघका नेता कार्यकर्तालाई कुटपिट गरेको घटनाको भर्त्सना गरेको छ ।
कांग्रेसले विज्ञप्ति जारी गरेर भनेको छ, ‘रामपुर कृषि क्याम्पस, खैरहनी, चितवनमा क्याम्पस प्रमुख र निर्वाचन समितिका संयोजकले क्याम्पसमा क्रियाशील नेपाल विद्यार्थी संघ लगायत अन्य विद्यार्थी संस्थासँग कुनै समन्वय नै नगरी अमुख विद्यार्थी संगठनको पक्षपोषण हुने गरी २०७९ चैत्र १७ गतेका दिन एकलौटी तवरले मतदान गराई निर्वाचनको नतिजा घोषणा गरेको घटनालाई लिएर पुन: निर्वाचन गराउन र दोषीलाई कारवाहीको माग गर्दै क्याम्पस प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएका नेपाल विद्यार्थी संघ रामपुर क्याम्पस, खैरहनीका का.वा. सभापति एवं स्ववियु सचिव पदका उम्मेदवार विवेक अर्याललाई क्याम्पस हाताभित्रै आक्रमण गरिएको छ ।’
‘उहाँ गम्भीर घाइते हुनु भएको छ । यस घटनाको नेपाली कांग्रेस घोर निन्दा र भर्त्सना गर्दछ’, कांग्रेसले भनेको छ ।
‘चैत १७ गते नै उक्त अवैधानिक निर्वाचनको विरोध गर्दा, क्याम्पस प्रशासनको ठाडो आदेशमा प्रहरीले निर्मम तवरले पिट्दा, नेपाल विद्यार्थी संघका तर्फबाट स्ववियु सभापतिका उम्मेदवार रहनु भएका आशिष जैशी देवकोटा र निवर्तमान ईकाई अध्यक्ष सुरज यादव गम्भीर घाइते हुनु भएको थियो’, कांग्रेसले भनेको छ ।
‘चैत १७ गते घाइते हुनु भएका देवकोटा, यादव र हिजो घाइते हुनु भएका अर्यालको चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ’, कांग्रेसले भनेको छ ।
‘उक्त घटनाको यथार्थ छानविन गरी अवैधानिक रुपमा गरिएको निर्वाचन रद्द गरी पुन: निर्वाचन गराउन सम्बद्ध सबै पक्षसँग नेपाली कांग्रेस जोडदार माग गर्दछ’, विज्ञप्तिमा उल्लेख छ ।
‘घाइते विद्यार्थीको उचित उपचारको प्रबन्ध गर्न पनि नेपाली कांग्रेस माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख (एसपी) रामेश्वर कार्कीले नेपाल विद्यार्थी संघविरुद्ध निकै हर्कत गरिरहेको आरोप छ । एसपी कार्कीले माओवादी केन्द्र निकटको विद्यार्थी संगठनलाई च्यापेपछि रामपुर क्याम्पसमा नेविसंघमाथि आक्रमण भएको छ ।
नेपाली कांग्रेसले चितवन प्रहरीका एसपी कार्कीको चर्तिकललाई नोटिस गरेको छ । सधैं माओवादीको छायाँमा कहिलेसम्म एसपी कार्की बस्ने हुन् प्रश्न उठेको छ ।

बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया