अर्थमन्त्री डा.महतद्वारा गभर्नरलाई मन्त्रालयमै बोलाएर जानकारी माग

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल राष्ट्र बैंकसँग पछिल्लो आर्थिक अवस्थाका बारेमा जानकारी लिएका छन् ।

मंगलबार मन्त्री डा.महतले गभर्नर महाप्रसाद अधिकारीसहित राष्ट्र बैंकको टोलीसँग जानकारी मागेका हुन् । बैठकमा अर्थ मन्त्रालयका अधिकारीहरूको पनि उपस्थिति रहेको थियो ।

छलफलमा बजारमा सकारात्मक सन्देश कसरी प्रवाह गर्न सकिन्छ भन्नेबारे अर्थमन्त्री डा.महतले सुझाव मागेका छन् ।

राष्ट्र बैंकले पूँजीगत खर्च बढाउन, निमार्ण व्यवसायीको भुक्तानीलाई तीब्रता दिन सुझाव दिएको छ ।

अहिले आन्तरिक ऋण परिचालन भइरहेको र सरकारले ओभरड्राफ्ट सुविधा पनि प्रयोग गर्नसक्ने अवस्था रहेको जानकारी राष्ट्र बैंकले अर्थमन्त्री डा.महतलाई गराएको छ ।

सोहीकारण निमार्ण व्यवसायीको भुक्तानी बढाएर पूँजीगत खर्च बढाउन सकिने राष्ट्र बैंकको सुझाव छ ।

बजारमा सकारात्मक सन्देश जाने सुझाव अर्थमन्त्री डा.महत समक्ष राष्ट्र बैंकले दिएको छ ।

गभर्नर अधिकारी एमाले समर्थक हुन् । अधिकारीका कारण मुलुकको अर्थततन्त्र समस्यामा परेको आरोप लाग्दै आएको छ ।

तत्कालीन अर्थमन्त्री जनार्दन शर्मासँग टसल लिएर बसेका गभर्नर अधिकारीका गतिविधिहरू शंकास्पद छन् ।

Published : Tuesday, 2023 April 4, 5:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया