सीताले राजनीतिक संस्कार देखाइन्, मन्त्री बनेको २४ घण्टाभित्रै डा.कोइरालासँग आशीर्वाद लिइन्
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालासँग नवनियुक्त शहरी विकासमन्त्री सीता गुरुङले भेट गरेर आशीर्वाद लिएकी छिन् ।
पूर्व महामन्त्री समेत रहेका डा.कोइरालालाई शनिबार महाराजगञ्जस्थित निवासमा भेट गरेर मन्त्री गुरुङले आशीर्वाद लिएकी हुन् । तेह्रथुमबाट प्रतिनिधि सभामा निर्वाचित सांसद गुरुङ कांग्रेसकी एक मात्रै निर्वाचित सांसद हुन् ।
गुरुङलाई सभापति शेरबहादुर देउवाले मन्त्री बनाएर जितेर आउने महिला नेतृहरूले अवसर पाउँछन् भन्ने सन्देश दिएका छन् ।
यसअघि, मन्त्री गुरुङले सभापति देउवालाई शुक्रबार साँझ धुम्बाराहीस्थित निवासमा पुगेर धन्यावाद दिँदै आशीर्वाद लिइसकेकी छिन् ।
उनले कांग्रेसका अन्य नेताहरूलाई पनि निवासमै पुगेर आशीर्वाद लिएकी छिन् । कांग्रेस नेतृ समेत रहेकी मन्त्री गुरुङ सरल स्वभावकी छिन् ।
मन्त्री बन्नेवित्तिकै आफूभन्दा सिनियर नेताहरूलाई निवासमै पुगेर भेट गरेर गुरुङले राजनीतिक संस्कार देखाएकी छिन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया