राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या, अस्पताल भर्ना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ ।

शनिबार साँझ पौडेललाई पेटमा समस्या देखिएको हो । पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना गरिएको छ ।

चिकित्सकहरूको उच्च निगरानीमा पौडेलको उपचार भइरहेको अस्पतालले जनाएको छ ।

पेटमा समस्या भएपछि राष्ट्रपति पौडेललाई शीतल निवासबाट सर्वसाधारणलाई जसरी गाडीमा हालेर लगिएको थियो ।

Published : Saturday, 2023 April 1, 10:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया