प्रचण्डले कांग्रेसलाई कुन स्थान दिए ?
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
प्रधानमन्त्री दाहालले शुक्रबार नेपाली कांग्रेससहितका दलहरूलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् । दाहालले कांग्रेसलाई दोस्रो वरीयता र स्थान दिएका छन् ।
१७ सदस्यीय मन्त्रिपरिषद् बनेको बनेको छ । प्रधानमन्त्री दाहालले आफूपछिको दोस्रो वरीयतामा कांग्रेसलाई राखेका छन् ।
उनले उप–प्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई दोस्रो वरीयतामा राखेका छन् । खड्का नेपाली कांग्रेसका उप–सभापति हुन् ।
माओवादी केन्द्रबाट उप–प्रधान तथा गृहमन्त्री बनेका नारायणकाजी श्रेष्ठ तेस्रो वरीयतामा पुगेका छन् ।
कानून, न्याय तथा संसदीय मामिला, परराष्ट्र, वन तथा वातावरण, युवा तथा खेलकुद, स्वास्थ्य तथा जनसङ्ख्या र खानेपानी मन्त्रालय प्रधानमन्त्री दाहालले आफैसँग राखेका छन् ।
अर्थमन्त्री डा.प्रकाशशरण महत ७औं वरीयतामा छन् । डा.महतभन्दा अगाडि बेदुराम भुसाल, अशोककुमार राई र शरतसिंह भण्डारी छन् ।

बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया