‘घण्टी कांग्रेस’ स्वर्णिम बल्ल औकातमा आए, शेरबहादुर र आरजुलाई गाली गर्ने अधिकार छैन
काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा.स्वर्णिम वाग्लेले नेपाली कांग्रेस पार्टी छाडेको घोषणा गरेका छन् ।
बिहीबार डा.वाग्लेले कांग्रेस छाडेको सार्वजनिक घोषणा गरेका हुन् । उनले कांग्रेस नेताहरूलाई पत्र लेखेर कांग्रेस पार्टी छाडेको बताएका छन् ।
डा.वाग्लेले कांग्रेसका सभापति शेरबहादुर देउवा र नेतृ आरजु राणाविरुद्ध अभिव्यक्ति दिएर कांग्रेस छाडेका छन् ।
डा.वाग्लेले कांग्रेस छाड्ने अधिकार छ । कांग्रेस छाडेर नयाँ पार्टी खोल्ने र अर्को राजनीतिक दलमा प्रवेश गर्ने अधिकार डा.वाग्लेलाई छ । तर, डा.वाग्लेलाई कांग्रेसका सभापति देउवा र केन्द्रीय सदस्य आरजु राणालाई तथानाम गालीगलौज गर्ने अधिकार छैन ।
डा.वाग्लेलाई सभापति देउवा र कांग्रेसले नै बेलायतबाट बोलाएर अवसर दिएको हो । डा.स्वर्णिम वाग्लेलाई नेपाल देशमा चिनाउने, अवसर दिने त्यही नेपाली कांग्रेस, सभापति शेरबहादुर देउवा र आरजु देउवा नै हुन् ।
गएको प्रतिनिधि सभा निर्वाचनमा रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सहयोग गरेर कांग्रेसलाई हराउन भूमिका खेलेका डा.वाग्ले जस्ता ‘घण्टी’ कांग्रेसले ढिलै भए पनि नेपाली कांग्रेस छाडेर राम्रो गरेका छन् ।
युरोपियन युनियन र क्रिश्चियनको डलर खाएर नेपालमा क्रिश्चियन मुभमेन्टलाई बढाउन नसकेपछि तनावमा परेका डा.वाग्लेले कांग्रेस छाडेकोमा धेरै कांग्रेस कार्यकर्ताहरूको मन शान्त भएको छ ।
अन्तत: स्वर्णीमले कांग्रेस छाडे । राम्रो गरे । घण्टी कांग्रेसका रूपमा रहेकाहरूले बेलैमा यी निर्णय गर्नु कांग्रेस र स्वयं उनीहरूकै हितमा छ ।
डा.वाग्लेलाई लिएर धेरैलाई भ्रम थियो । उनलाई चिन्नेहरू प्रष्ट छन् । कांग्रेसका नाममा पटक–पटक लाभ लिएका र नपाएका दिन आफ्नो बाटो लाग्ने यस्ता पात्रहरूलाई पार्टीहरूले प्रवृत्तिका रूपमा प्रोत्साहित गर्नु दुखद् छ ।
उनले भनेका छन्, ‘नेपाली कांग्रेसबाट अलग भएको घोषणा । विक्रम संवत २०४२ सालको सत्याग्रह र २०४६ को जनआन्दोलनदेखिको मेरो संलग्नता एवं ५० वर्षदेखिको पारिवारिक विरासत गाँसिएको नेपाली कांग्रेस पार्टीबाट अलग हुने निर्णय गरेको छु ।’
‘त्यस पार्टीभित्र ३० वर्षदेखि परोक्ष र गत १० वर्षदेखि प्रत्यक्ष रुपमा आर्थिक नीति र योजना, बौद्धिक(सैद्धान्तिक विमर्श र प्रशिक्षण एवं अन्तर्राष्ट्रिय वैधताको विस्तारमा उल्लेख्य योगदान गरें’, उनले भने, ‘विशेषत: योजना आयोगमा सुशील कोइराला र शेरबहादुर देउवा दुबैले दिनुभएका जिम्मेवारी कौशलका साथ सम्पन्न गरेर मुलुकको मान राख्न सकेकोमा गर्व छ ।’
‘पछिल्ला वर्षहरूमा कांग्रेस पार्टीभित्रका गतिविधिहरू नियालेका प्रत्येक स्वाभिमानी कांग्रेसजनको शीर निहुरिने अवस्था आएको छ। जननायक बिपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर र किशुनजीको ऐतिहासिक दल अहिले दाई, भाउजु, साला, भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा छ’, उनले भनेका छन् ।
‘अब कांग्रेस–कम्युनिष्टका असल मानिसहरू, दलमा आबद्ध नभएका स्वतन्त्रता र समुन्नतिका हिमायती, कुलीन राजनीतिको परिधिभन्दा बाहिर रहेका, एवं विदेशमा बसेपनि नेपालको भलो चिताउने नेपालीहरू मिलेर बलियो वैकल्पिक लोकतान्त्रिक शक्तिको निर्माण गर्नुपर्छ’, डा.वाग्लेले भनेका छन्, ‘सुशासनको जगमा स्वच्छ लोकतन्त्र र आर्थिक उन्नतिको एजेण्डा बोक्दै २०८० को शुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुनेछु ।’
उनले भने, ‘आम नैराश्य चिरेर यो देश बन्छ भन्ने आशा जगाउने हो, बनाउने नै हो । जय नेपाल ।’
उनले नेताहरूलाई लेखेको पत्रमा भनेका छन्, ‘हजुरहरूको अपार सद्भावका बावजुद म कांग्रेसमा रहन नसक्ने अवस्था आएको छ ।’
‘देउवा–आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले यो स्थिति ल्याएको हो’, डा.वाग्लेले भनेका छन् ।
उनले भनेका छन्, ‘अब कुरेर बस्ने कृपा र निगाहको जीवनपर्यन्त राजनीतिभन्दा समयसीमा तोकेर आफ्नो उमेर, ज्ञान र ऊर्जा सान्दर्भिक रहँदै डेलिभरीको प्रयोगमा जान चाहेँ ।’
‘यो निर्णय लिनुअघि हजुरहरूसँग भेटेको भए निश्चय पनि कांग्रेस नछोड्न भन्नुहुने र त्यसपछि छोड्दा अवज्ञा गरेको हुने भएकोले श्रद्धापूर्वक पछि नै हामी बस्नेछौँ’, डा.वाग्लेले भनेका छन् ।
‘कांग्रेस पार्टीमा हजुरहरूको निर्णायक हैसियत बनेको दिन फेरि हामी कुनै न कुनै रुपमा जोडिनसक्ने आशा छ’, उनले भनेका छन् ।
‘त्यतिन्जेल जहाँजहाँ रहन्छौँ, त्यहीँबाट सहकार्य र सहयोग गर्ने र अहिलेको आत्मीय मित्रता कायम राख्ने वाचा गर्दछु’, डा.वाग्लेले भनेका छन् ।
डा.वाग्लेपछि कांग्रेस छाड्ने पालो अब डा.गोविन्द पोखरेलको छ । डा.पोखरेल पनि डा.वाग्लेकै साथी हुन् । उनीहरू दुबै जनाको निकै राम्रो सम्बन्ध छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया