हवाइ सुरक्षाका लागि प्राधिकरण टुक्र्याउन सोविता गौतमको माग, कालोनिलो बने प्रदीप अधिकारी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वा)की सांसद सोविता गौतमले हवाइ सुरक्षाका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई टुक्र्याएर दुई वटा निकाय बनाउन आग्रह गरेकी छिन् ।
प्रतिनिधि सभाको बुधबार बसेको बैठकमा विशेष समयमा गौतमले हवाइ सेवा प्राधिकरण अलग–अलग चाहिने बताएकी छिन् ।
नेपालमा नागरिक उड्डयन प्राधिकरणले हवाइ सेवाको नियमन गर्नुका साथै विमानस्थल सञ्चालन र पूर्वाधार विकासको काम गर्दै आएको भन्दै गौतमले चिन्ता जनाएकी छिन् । उनले नियमन र हवाइ सेवाको अलग–अलग निकाय बनाउनुपर्ने बताएकी छिन् ।
उनले भनिन्, ‘नेपालको सन्दर्भमा नियमनकारी संस्था नियमनतर्फ भन्दा विमानस्थल सञ्चालन, विमानस्थल आयोजना तथा पूर्वाधार विकास र एयर नेभिगेसन सेवा आदिको क्षेत्रमा बढी केन्द्रित हुँदा नियमनकारी जिम्मेवारी ओझेलमा पर्न गएको देखिन्छ ।’
उनले नेपालमा हवाई दुर्घटना बढ्नुको कारण पनि नागरिक उड्डयन प्राधिकरणले नियमनमा बढी ध्यान दिन नसक्नुको परिणाम भएको बताएकी छिन् ।
नागरिक उड्डयन प्राधिकरण विधेयक र नेपाल हवाई सेवा प्राधिकरण विधेयक यथाशीघ्र प्रतिनिधि सभामा ल्याउन उनले सरकारको ध्यानाकर्षण गराएकी छिन् ।
प्राधिकरणले विमानस्थल सञ्चालन, हवाई ट्राफिक सेवा, प्राविधिकहरूको नियुक्ति, तालिम–दक्षता परीक्षण तथा प्रमाणीकरण गर्ने र आफैंले छानबिन गर्ने हुँदा हवाइ क्षेत्रको सेवा सुरक्षा तथा गुणस्तरमा प्रश्न उठेको सांसद गौतमले बताएकी छिन् । उनले नेपालको हवाई सेवा सुध्रिएपछि मात्रै पर्यटक बढ्ने उल्लेख गरेकी छिन् ।
उनले भनेकी छिन्, ‘नेपालको आर्थिक समृद्धिमा पर्यटन उद्योगको महत्वपूर्ण योगदान रहने कुरामा दुई मत छैन । पर्यटन उद्योगको मेरुदण्ड मानिएको हवाई क्षेत्र सुरक्षित छभन्ने सन्देश विश्व बजारमा पुर्याउन सकिएन भने पर्यटन उद्योग धारासायी हुने निश्चित छ ।’
नेपाल नागरिक उड्डयन प्राधिकरणलाई दुई टुक्रा बनाउन लामो समयदेखि माग उठ्दै आएको छ । प्राधिकरणलाई कमाइ खाने भाँडो बनाएका कारण हवाइ क्षेत्र असुरक्षित बनेको छ ।
प्राधिकरणको महानिर्देशकमा प्रदीप अधिकारी आएपछि झन् बेथिति बढेको छ । अधिकारीका कर्तुतले हवाइ क्षेत्र तहस नहस हुने खतरा बढेर गएको छ ।
युरोपियन युनियनले नेपाल एयरलाइन्सलाई कालो सूचीमा राखेको छ । उसले प्राधिकरणलाई टुक्र्याउनेवित्तिकै कालोसूचीबाट हटाउने प्रतिवद्धता यसअघि नै जनाएको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया