मन्त्रालयको संख्यामा कुरा मिल्यो, बिहीबार मन्त्रीहरूकाे शपथको तयारी

काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूले मन्त्रालय भागवण्डामा सहमति जुटाएका छन् ।

बालुवाटारमा बुधबार बसेको बैठकमा मन्त्रालयको संख्यामा सहमति बनेको हो ।

जनता समाजवादी पार्टी नेपाल (जसपा) का सहअध्यक्ष राजेन्द्र श्रेष्ठले कुन दलले कति मन्त्रालय लिने विषयमा सहमति बनेको बताएका छन् ।

श्रेष्ठले बिहीबार बेलुकासम्म मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति बनेको बताएका छन् । बिहीबार सबै पार्टीले आ–आफ्नो भागमा परेको मन्त्रालयमा मन्त्रीहरूको नाम दिने उनले बताएका छन् ।

त्यसपछि मन्त्रीहरूको शपथ हुनेछ । राष्ट्रिय जनमोर्चाबाहेकका सबै दललाई मन्त्रालय भागवण्डा गरिएको छ ।

सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले ८ मन्त्रालय पाउनेछ । माओवादी केन्द्रले ५, नेकपा (एकीकृत समाजवादी)ले २, जसपाले २ मन्त्रालय पाउनेछन् ।

जनमत पार्टी, लोसपाले, नागरिक उन्मुक्ति पार्टी र बाबुराम भट्टराईको पार्टीले १/१ मन्त्रालय पाउनेछन् । आम जनता पार्टीका अध्यक्ष प्रभु साह पनि सरकारमा सहभागी हुनेछन् ।

सत्तारुढ दलहरूका बीच मन्त्रालयको भागवण्डाको टुंगो लागे पनि कुन दलले कुन मन्त्रालय पाउने भन्ने बिहीबार टुंगो लाग्नेछ ।

Published : Wednesday, 2023 March 29, 8:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया