ठूलो पार्टीको हैसियतमा जिम्मेवार बन्यो कांग्रेस, ठूलो निकास दिने
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभामा पेश भएका विधेयकहरूका विषयमा छलफल गरेको छ ।
मंगलबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा कांग्रेसका सांसद र विज्ञहरूका बीच छलफल भएको कांग्रेसका प्रवक्ता समेत रहेका प्रतिनिधि सभाका सांसद डा.प्रकाशशरण महतले बताएका छन् । उनले भने, ‘द्वन्द्वकालीन विषयलाई टुंगो लगाउने गरेर आएको विधेयकहरूका विषयमा विज्ञहरूसँग छलफल गरेका छौँ ।’
कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद रामहरि खतिवडाले संसदमा प्रस्तुत भएको शान्ति प्रक्रियासम्बन्धी विधेयकमा कसरी अगाडि बढ्ने भन्नेबारेमा छलफल भएको बताए । उनले विज्ञ र सांसदहरूका बीच अन्तरिक्रिया भएको बताएका छन् ।
कांग्रेसले द्वन्द्वकालीन विषयलाई कानून बनाएर मेलमिलापको नीतिसहित टुंगोमा पुर्याउन चाहेको छ ।
विधेयकसँग केही अन्तर्राष्ट्रिय कानूनहरू पनि आकर्षित हुने भएपछि विधेयकलाई कसरी सहजताका साथ अगाडि बढाउन सकिन्छ भनेर कांग्रेसले छलफल गरेको सांसद खतिवडाले बताएका छन् ।
कांग्रेस प्रतिनिधि सभामा सबैभन्दा ठूलो दल हो । कांग्रेसले नै माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याएको थियो । शान्ति प्रक्रियाका बाँकी कुराहरूलाई पनि कांग्रेसले ठूलो दलको हैसियत र जिम्मेवारीपूर्ण तरिकाले टुंगामो पुर्याउन चाहेको खतिवडाले बताए ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया