मन्त्रालय भागबण्डामा यसरी आयो प्रस्ताव, कांग्रेससहित सबै दल सकारात्मक
काठमाडौं । सत्तारुढ गठबन्धनका दलहरूले आफूले पाउनुपर्ने मन्त्रालयको संख्यामा दाबी पेश गरेका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा दलहरूले मन्त्रालयको संख्या दाबी गरेका हुन् ।
नेपाली कांग्रेसले अर्थ मन्त्रालय वा गृह मन्त्रालयमध्ये एकसहित ९ वटा मन्त्रालयमा दाबी गरेको छ ।
जनता समाजवादी पार्टी नेपाल (जसपा) र नेकपा (एकीकृत समाजवादी)ले ३/३ वटा मन्त्रालय दाबी पेश गरेका छन् । १० सिटे एकीकृत समाजवादीले गृह मन्त्रालयमा दाबी गरेको छ ।
लोकतान्त्रिक समाजवादी पार्टीले दुई मन्त्रालय दाबी गरेको छ । प्रतिनिधि सभामा कांग्रेस सबैभन्दा ठूलो पार्टी हो । कांग्रेसका ८८ सांसद छन् ।
माओवादी केन्द्रका ३२, जसपाका ११, एकीकृत समाजवादीका १०, लोसपाका ४ सांसद छन् । बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रम पनि वितरण गरिएको छ ।
प्रधानमन्त्रीले सबै राजनीतिक दलका मन्त्रालयमा दाबी र न्यूनतम साझा कार्यक्रममा धारणा बुझेर बुधबार बिहान ९ बजे सत्तारुढ गठबन्धनको बैठक बोलाउने गरी मंगलबारको बैठक स्थगित भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसलाई ८ मन्त्रालयको प्रस्ताव गरेका छन् । दाहालले माओवादीलाई ५ वटा मन्त्रालयको प्रस्ताव गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई ३ मन्त्रालयको प्रस्ताव गरेका छन् । रास्वपा बैठकमा सहभागी थिएन ।
एकीकृत समाजवादीलाई प्रधानमन्त्री दाहालले २ मन्त्रालयको प्रस्ताव गरेका छन् । जनता समाजवादी पार्टी (जसपा)लाई पनि दाहालले २ मन्त्रालय दिने प्रस्ताव गरेका छन् ।
जनमत पार्टीलाई १, नागरिक उन्मक्ति पार्टीलाई १, लोसपलाई १ र स्वतन्त्रका तर्फबाट १ जनालाई मन्त्री बनाउन प्रधानमन्त्री दाहालले प्रस्ताव गरेका छन् । जनमत पार्टीले १ मन्त्री र १ राज्यमन्त्री मागेको छ ।
प्रधानमन्त्री दाहालले रास्वपा तत्काल सरकारमा आएन भने पनि उसका लागि ३ मन्त्रालय खाली राख्नुपर्ने बताएका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया