सभापति देउवाको निर्देशनपछि अध्यक्ष र सदस्यहरू मनोनयन
काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल किसान महासंघको केन्द्रीय तदर्थ कार्यसमिति गठन भएको छ ।
महासंघको अध्यक्षसहित सदस्यहरू मनोनयन गरिएको मंगलबार कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
कांग्रेसका सभापति शेरबहादुर देउवाले महासंघको अध्यक्षमा गणेशचन्द्र तिमिल्सिनालाई मनोनयन गरेका छन् । तिमिल्सिनाको अध्यक्षतामा नेपाल किसान महासंघ केन्द्रीय तदर्थ कार्यसमिति गठन भएको छ ।
महासंघको सदस्यहरूमा आदर्शविक्रम कार्की (काठमाडौं), महेन्द्रभक्त अधिकारी (नवलपुर), प्रभात आले (तनहुँ), नम्रता बराल (कास्की), प्रेमबहादुर घले (सुर्खेत), ईश्वर गिरी (काठमाडौं)लाई मनोयन गरिएको छ ।
डा.जितु उपाध्याय (कैलाली), भवानी कोइराला (सर्लाही), विश्वराज घिमिरे (पर्सा), डा.धिरेन्द्र साह (महोत्तरी), कालु मेचे (झापा), जनार्दन अर्याल (गोरखा), विवेकानन्द झा (सप्तरी), ऋचा लुईंटेल (बाँके) सदस्यमा मनोनयन भएका छन् ।
महासंघको सदस्यमा रमेश रावल (डडेल्धुरा), मनोज थापा (काठमाडौं), विश्वनाथ दाहाल (काठमाडौं) पनि मनोनयन भएका छन् ।

बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया