लक्ष्मीको समूहद्वारा नेविसंघ अध्यक्ष कँडेललाई कुटपिट
काठमाडौं । लक्ष्मी दाहालको ग्याङले नेपाल विद्यार्थी संघ पद्मकन्या क्याम्पसकी इकाई अध्यक्ष सगुन कँडेललाई कुटपिट भएको छ ।
दाहाल नेविसंघ पद्मकन्या क्याम्पस इकाईकी पूर्व अध्यक्ष पनि हुन् । दाहालको ग्याङले दुई दिन अगाडि क्याम्पस हाताभित्र टोले गुण्डाशैलीमा कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
स्वतन्त्र विद्यार्थी युनियनको चुनावको समानुपातिक सूचीका लागि दाहालको समूहले बखेडा झिकेको थियो ।
अध्यक्ष कँडेलको टाउकोमा गम्भीर चोट लागेको छ । उनको अस्पतालमा उपचार भइरहेको छ । अध्यक्ष कँडेललाई दाहालको ग्याङले कुटपिट गरेर घाइते बनाएपछि अस्पताल भर्ना भएकी कँडेललाई नेविसंघका अध्यक्ष दुजाङ शेर्पासहितका नेताहरू पुगेर स्वास्थ्य अवस्थाको जानकारी लिएका छन् ।
चैत ५ गते भएको स्वतन्त्र विद्यार्थी युनियनको चुनावको समानुपातिक सूचीको नाम बुझाउने दिन नेविससंघ केन्द्रीय कार्यसमितिले सूची पठाएको थियो ।
केन्द्रीय कार्यसमितिको सूचीलाई दाहालको समूहले अस्वीकार गरेको थियो । त्यसपछि विवाद भएको थियो ।
दुवै पक्षबीच भनाभन हुँदा इकाई अध्यक्ष कँडेललाई पूर्व अध्यक्ष दाहालको ग्याङले आक्रमण गरेको प्रत्यक्षदर्शीको भनाइ छ । दाहाल पूरै दलबलका साथ भिड्ने तयारी गरेर आएकी थिइन् ।
नेविसंघ केन्द्रीय समितिले सभापति पदको उम्मेदवार ज्योति पनेरुलाई बनाएको थियो । पनेरुले सभापतिमा जितेकी छिन् ।
नेविसंघका सबै पक्षबीच स्ववियु उप–सभापति कँडेललाई बनाउने सहमति गरि माइन्युट समेत लेखिएको थियो ।
नेविसंघ केन्द्रीय समितिका अध्यक्ष दुजाङ शेर्पाले पद्मकन्या क्याम्पसमा विवाद भएपछि समानुपातिक सूची केन्द्रले पठाएको बताएका छन् ।
शेर्पाले अहिले पद्मकन्या क्याम्पसमा नयाँ अध्यक्ष रहेको भन्दै पुरानो अध्यक्षले दिएको सूचीको मान्यता नहुने बताएका छन् ।
दाहालले भनिन्, ‘समानुपातिक सूची बुझाउँदा विवाद भएको हो। कुटाकुट भएको होइन। म अध्यक्ष हुँदा निर्वाचन समितिमा दर्ता गरेको हुँदा मैले समानुपातिक सूची बुझाएको हुँ। केन्द्रले बनाएको अध्यक्षलाई हामी मान्दैनौं। समानुपातिक सूचीमा रोलक्रममा अगाडि नै रहेका बहिनीहरुको समेत नाम हटाएपछि हामीले कुरा उठाएका हौं।’
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया