अर्थशास्त्रमा पीएचडी गरेका डा.महतसँग किन डराउँदैछ सानो झुण्ड ?
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महत मुलुकको अर्थतन्त्र सुधार गर्न सक्षम व्यक्ति हुन् ।
अर्थशास्त्रको विषयमा उनको विज्ञतामा प्रश्न उठाउने ठाउँ छैन । उनी अर्थतन्त्र बुझेका व्यक्ति हुन् । धरमराएको मुलुकको अर्थतन्त्रलाई उनले नेतृत्व गरेर सहि ठाउँमा ल्याउने आँट राख्छन् । डा.महतलाई अन्तर्राष्ट्रिय जगतले पनि विश्वास गर्छ ।
सभापति शेरबहादुर देउवालाई सधैं सहयोग गर्दै आएका डा.महत इमान्दार नेता हुन् । अन्य नेताहरूले जस्तो मिडियाबाजी र सामाजिक सञ्जालमा सस्तो लोकप्रियता बनाउन नसक्नु उनको कमजोरी हो । अहिले पनि डा.महतका विरुद्ध केही नेताहरूले मनपरी समाचार लेखाइरहेका छन् । तर, डा.महतले कुनै प्रतिवाद गरेका छैनन् ।
उनले आफूलाई सभापति देउवाले दिने निर्देशन र जिम्मेवारी बहन गर्नेभन्दै आएका छन् । डा.महतलाई अर्थमन्त्री बन्ने विषयमा पदाधिकारी बैठकमा विवाद भएको भनेर समाचार आएका छन् । तर, ती बैठकमा सभापति देउवाको अगाडि कोही पनि ‘चुँ’ गरेर बोल्न सक्दैनन् । बाहिर आएर आफू अनुकूलको समाचार लेखाउने गरेका छन् । कुनै नेताले सामाजिक सञ्जालमै लेखेर ‘म मन्त्री बन्दैन’ भन्छन् । अनि अहिले आएर उप–प्रधानसहितको आकर्षक मन्त्रालय लिन मिडियाबाजी र दौडधुप गरिरहेका छन् ।
डा.महतले अमेरिकाको इलिनोइस राज्यको कार्बोन्डेलमा अवस्थित साउदर्न इलिनोइस युनिभर्सिटीबाट अर्थशास्त्रमा पीएचडी गरेका छन् । उनले त्यही राज्यको उर्बाना च्याम्पेनमा रहेको इलिनोइस विश्वविद्यालयबाट नीति अर्थशास्त्र (पोलिसी इकोनोमिक्स) मा स्नातकोत्तर पनि गरेका छन् ।
डा.महत पूर्व परराष्ट्र तथा पूर्व उर्जामन्त्री पनि हुन् । विक्रम संवत २०७३ सालमा परराष्ट्र मन्त्रालय सम्हालेका बेला डा.महतले भरत, चीन, अमेरिका, युरोपसहितका देशहरूसँग राम्रो कुटनैतिक सम्बन्ध बनाएका थिए ।
तत्कालीन समयमा डा.महतले भारतसँग बिग्रिएको सम्बन्धलाई सुधार गरेका थिए । डा.महतले भारतको भ्रमण गरेपछि भारतबाट खुलेर आपूर्ति व्यवस्था सुचारु भएको थियो । तत्कालीन भारतीय विदेशमन्त्री सुष्मा स्वराज पनि नेपाल भ्रमणमा आएकी थिइन् । उनको कार्यकालमा नेपालमा भारतीय सहयोगमा सञ्चालित परियोजना सुचारु भएका थिए ।
डा.महत परराष्ट्रमन्त्री भएकै बेला चीन सरकारले प्रस्ताव गरेको ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ (बीआरआई)लाई नेपालको हितअनुकूल हुने गरी कार्यान्वयनमा ल्याउने सम्झौतामा हस्ताक्षर पनि भएको थियो ।
डा.महत २०६६ देखि २०६७ सम्म ऊर्जामन्त्रीको जिम्मेवारीमा थिए । ऊर्जाक्षेत्रको जिम्मेवारी पाएको बेलामा डा.महतले राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी आयोजना स्वदेशी पूँजीबाट निर्माण गर्ने निर्णय भएको थियो ।
डा.महतकै कार्यकालमा नेपाल–भारत अन्तरदेशीय प्रशारण लाइन निर्माण गर्ने निर्णय भएको थियो । ढल्केबर–मुजफफ्पुर ४ सय केभी प्रशारण लाइन निर्माणले नेपालको लोडसेडिङ अन्त्यमा टेवा पुगेको थियो ।
माओवादीको सशस्त्र विद्रोह उत्कर्षमा रहेका बेला सन् १९९९ मा सरकारले गठन गरेको माओवादी समस्या समाधान समिति सदस्य सचिवको जिम्मेवारी निर्वाह गरिसकेका डा.महतलाई तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले सन् २००१ सेप्टेम्बरदेखि २००२ मेसम्म सल्लाहकार नियुक्त गरेका थिए ।
विक्रम संवत २०५८ चैतदेखि २०५९ असोजसम्म (सन् २००२ को अप्रिलदेखि अक्टोबरसम्म) राष्ट्रि«य योजना आयोगको सदस्य पनि बनेका थिए ।
विक्रम संवत् २०६३ देखि २०६४ सम्म (२००६ देखि जुन २००७ सम्म) माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन गठित राष्ट्रिय शान्ति समितिका सदस्य रहेर काम गरेपछि डा.महतलाई २०६४ साउनदेखि २०६४ फागुनसम्म (अगष्ट २००७ देखि जुन २००८ सम्म) विभिन्न विद्रोही समूहसँग वार्ता गर्न गठित सरकारी वार्ता समितिको सदस्य बनाइएको थियो ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया