यी सह–सचिव र उप–सचिवहरूले सीडीओको जिम्मेवारी पाए, को–कहाँ पुगे ?
काठमाडौं । गृह मन्त्रालयले सह–सचिवसहित ३५ जना प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको सरुवा गरेको छ ।
गृह मन्त्रालयमा जगेडामा रहेका सह–सचिव र उप–सचिवको सरुवा भएको हो । कसैलाई सीडीओको जिम्मेवारी दिइएको छभने कसैले सहायक सीडीओको जिम्मेवारी पाएका छन् ।
सह–सचिव रुद्रसिंह तामाङलाई राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सरुवा गरिएको छ ।
सह–सचिव महादेव पन्तको गृह मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखा, सह–सचिव रामबन्धु सुवेदीको अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, सह–सचिव मेघबहादुर मगराँतीको जिल्ला प्रशासन कार्यालय पाँचथर, सह–सचिव रामकृष्ण अधिकारीको जिल्ला प्रशासन कार्यालय लमजुङमा सरुवा भएको छ ।
सह–सचिव जयकुमार घिमिरेको जिल्ला प्रशासन कार्यालय जुम्ला, सह–सचिव प्रेमप्रसाद आचार्यको जिल्ला प्रशासन कार्यालय पर्वत, सह–सचिव कोमलप्रसाद धमलाको जिल्ला प्रशासन कार्यालय दोलखा, सह–सचिव अनिता निरौलाको जिल्ला प्रशासन कार्यालय रामेछाप, सह–सचिव वेदप्रसाद खरेलको जिल्ला प्रशासन कार्यालय सल्यान, सह–सचिव मदन कोइरालाको जिल्ला प्रशासन कार्यालय प्यूठान र सह–सचिव थानेश्वर गौतमको जिल्ला प्रशासन कार्यालय धनकुटामा सरुवा भएको छ ।
उप–सचिव बासुदेव घिमिरलाई गृह मन्त्रालय, उप–सचिव गणेश गैरेलाई जिल्ला प्रशासन कार्यालय जुम्ला, उप–सचिव लीलाकुमारी केसी पाण्डेलाई जिल्ला प्रशान कार्यालय पाँचथर, उप–सचिव शेखर पौड्याललाई जिल्ला प्रशासन कार्यालय इलाम, उप–सचिव शोभाखर रेग्मीलाई जिल्ला प्रशासन कार्यालय बैतडीमा सरुवा भएको छ ।
उप–सचिव बसन्तराज पुरीलाई जिल्ला प्रशासन कार्यालय दैलेख, उप–सचिव चित्रागत बराललाई जिल्ला प्रशासन कार्यालय बाग्लुङ, उप–सचिव गणेशप्रसाद पौडेललाई जिल्ला प्रशासन कार्यालय पर्वत र उप–सचिव वेदप्रसाद अर्यालको जिल्ला प्रशासन कार्यालय रौतहटमा सरुवा भएको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया