शेखर कोइरालाले मन्त्री पदमा र्याल चुहाए, भाग माग्ने
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा भागबण्डाको राजनीति अन्त्य गर्ने नाराका साथ सभापतिमा उम्मेदवार बनेर पराजित भएका नेता शेखर कोइरालाले मन्त्री बनाउन भाग खोजेका छन् ।
काठमाडौंको बालुवाटारमा रहेको सम्पर्क कार्यालयमा आफू निकटका केही नेताहरूलाई बोलाएर कोइरालाले मन्त्री बनाउन सभापति शेरबहादुर देउवासँग भाग माग्ने निर्णय गरेको सुनाएका छन् । एक नेताका अनुसार कोइरालाले सभापति देउवालाई भेटेर आफू निकटका सांसदलाई मन्त्री बनाउन ४० प्रतिशत भाग माग्ने तयारी गरेका छन् ।
कोइरालाले आफू निकटका सांसदहरूलाई मन्त्री बनाउन भाग मागेका हुन् । तर, सभापति देउवाले सबैलाई मिलाएर मन्त्री बनाउने तयारी गरेका छन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति बनाएर पार्टीभित्र सबैलाई मिलाएर जाने शुरुवात देउवाले गरेका बेला कोइराला ४० प्रतिशत भाग भागेर बण्डर मच्चाउन खोजेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई तत्कालीन समयमा विश्वासको मत दिने क्रममा नेता कोइरालाले ठूलो असहयोग गरेका थिए । कोइरालाले सभापति देउवाको प्रस्तावलाई नमान्ने चेतावनी समेत दिएका थिए ।
अहिले आएर कोइरालाको मुखमा र्याल चुहिन थालेको छ । आफै सरकारको नेतृत्व गरेर जान चाहेका कोइरालाले मन्त्री पदमा लोभ देखाएपछि नेता कार्यकर्ता चकित परेका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया