गगन थापाले प्रधानमन्त्रीलाई अखिर किन भने यस्तो कुरा ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधि सभाका सांसद गगन थापाले प्रधानमन्त्री नडराएसम्म जनता डरबाट मुक्त हुन नसक्ने बताएका छन् ।

राजधानीमा बिहीबार आयोजित कार्यक्रममा थापाले प्रधानमन्त्रीले नागरिक तर्साउनतिर नलागी नागरिक र देश विकासका लागि कसरी अघि बढ्ने भन्ने सोच्नुपर्ने बताए ।

उनले भने, ‘कुर्सीमा बसेको प्रधानमन्त्री डराउनुपर्ने बेला भएको छ । प्रधानमन्त्री डराउनुपर्छ ।’

‘प्रधानमन्त्री डरायो भने बल्ल नागरिक डरबाट मुक्त हुने अवस्था हुन्छ’, कांग्रेसका महामन्त्री थापाले भनेका छन् ।

उनले प्रधानमन्त्रीले एक्लै बस्दा डराउनुपर्ने स्थिति सिर्जना भएको बताएका छन् ।

प्रधानमन्त्रीले आफूसँग पर्याप्त मत छ भनेर बस्ने छुट नरहेको महामन्त्री थापाले बताएका छन् ।

थापाले भनेका छन्, ‘प्रधानमन्त्रीले मसँग १७२ छ, १७३ छ, ढुक्क छ भन्दै गयो भने टाउको टाउको मात्रै बाँकी रहन्छ ।’

‘हामीलाई सुन्ने मान्छे बाँकी नरहन सक्छ’, महामन्त्री थापाले भनेका छन्, ‘मैले यत्ति धेरै तन्नेरीहरू आत्तिएको कहिल्यै देखेको थिइन ।’

उनले भने, ‘यतिधेरै मानिस निराश भएको देखेको थिएन ।’

Published : Thursday, 2023 March 23, 6:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया