महामन्त्री थापाले फेरि दिए एमालेलाई ‘डायलग’, अब के गर्छ बालकोट ?
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गिरिजाप्रसाद कोइरालाले शुरु गरेको शान्ति प्रक्रियालाई टुङ्ग्याउनुपर्ने बताएका छन् ।
नेपाल प्रेस युनियनले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा थापाले संक्रमणकालीन न्यायको विषयलाई मुख्य दलहरू एक ठाउँमा आएर टुङ्ग्याउनुपर्ने बताएका हुन् ।
उनले भने, ‘शान्ति प्रक्रियाको खास गरी संक्रमणकालीन न्यायसँग जोडिएका केही विषय छन् । ती विषयहरूमा हामी एकदम प्रष्ट हुनुपर्छ ।’
‘यो विषय हामी सबैको विषय हो’, थापाले भनेका छन्, ‘नेपाली कांग्रेसले यसलाई सुरुवात गरेको भन्छौँ भने यसलाई टुङ्ग्याउने मुख्य जिम्मेवारी पनि हाम्रो हो ।’
महामन्त्री थापाले भने, ‘शान्ति प्रकियामा सहभागी भएका राजनीतिक दलहरू एमाले होस् वा अर्को पक्ष माओवादी यो हामी सबैको सामूहिक जिम्मेवारी हो ।’
‘म त एमालेलाई पनि आग्रह गर्छु, यो बेला यो–त्यो नभनी सबै एक ठाउँमा आएर यो विषयलाई टुङ्ग्याउनु पर्नेछ’, उनले भनेका छन् ।
शान्ति प्रक्रियाको बाँकी रहेको काम पूरा गरे मात्र गिरिजाप्रसाद कोइरालाको सपना पूरा हुने उनले बताएका छन् ।
उनले भने, ‘हामीले गिरिजाप्रसाद मान्ने तर शान्ति प्रक्रियाका बाँकी काम पूरा गरनौँ भने अपूरो हुन्छ ।’
महामन्त्री थापाले एमालेलाई पनि शान्ति प्रक्रियामा जिम्मेवार हुन आग्रह गरेपछि बालकोटमा बसेका एमालेका अध्यक्ष खड्गप्रसाद ओलीको प्रतिक्रिया के आउने हो हेर्न बाँकी छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया