प्रचण्डलाई कांग्रेसले साथ दिएपछि सडकमा एमाले–राप्रपा
काठमाडौं । नेपाली कांग्रेससहितका दलहरूले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्रीमा विश्वासको मत दिएका छन् ।
सोमबार बसेको प्रतिनिधि सभाको बैठकपछि भएको मतदानमा प्रधानमन्त्री दाहालले अत्याधिक संख्यामा विश्वासको मत पाएका हुन् । दाहालको पक्षमा १७२ सांसदले मतदान गरेका छन् । प्रतिनिधि सभामा २७५ सांसदमध्ये २६२ सांसदले मतदानमा भाग लिएका थिए ।
प्रधानमन्त्री दाहालको विपक्षमा एमाले र राप्रपाको ८९ मत परेको छ । नेमकिपा तटस्थ बसेको छ ।
प्रधानमन्त्री दाहाललाई नेकपा (माओवादी केन्द्रीसहित नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल (जसपा), नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय जनमोर्चा, आम जनता पार्टीले विश्वासको मत दिएका छन् ।
प्रधानमन्त्री दाहालले पुस २६ गते विश्वासको मत लिँदा संसदमा उपस्थित २७० मध्ये २६८ सांसदको मत पाएका थिए ।
प्रधानमन्त्री दाहालले दोस्रो पटक विश्वासको मत पाएपछि एमाले र राप्रपा प्रतिपक्षमा पुगेका छन् । अब एमाले र राप्रपा प्रतिपक्षको बेञ्चमा बसेर ‘क्यार–क्यार’ गर्नेछन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया