देशकै सबैभन्दा ठूला दुई क्याम्पसमा नेविसंघको जित
काठमाडौं । मुलुककै सबैभन्दा ठूलो त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा नेपाल विद्यार्थी संघका श्यामराज ओझा निर्वाचित भएका छन् ।
आइतबार भएको मतदान र अन्तिम नतिजाअनुसार ओझाले ८९४ मत ल्याएर सभापतिमा निर्वाचित भएका हुन् ।
सभापतिमा अनेरास्ववियुका प्रकाश विष्ट पराजित भएका छन् । विष्टले ६८१ मत पाएर पराजित भएका हुन् ।
कांग्रेसले कीर्तिपुरको स्ववियू निर्वाचनका लागि पूर्वस्ववियु सभापति तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई जिम्मेवारी दिएको थियो ।
यता, काठमाडौंको थापाथली क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको सभापतिमा नेविसंघका पुष्करविक्रम शाही निर्वाचित भएका छन् । शाहीले ६१९ मत पाएर निर्वाचित भएका हुन् ।
शाहीका प्रतिद्वन्द्वी अनेरास्ववियुका प्रवीन थापाले ३७६ मत पाएर पराजित भएका छन् । अखिल क्रान्तिकारीका स्पन्दन थापा क्षेत्रीले ३३८ मत पाएर पराजित भएका छन् ।
काठमाडौं उपत्यकाभित्रका दुई ठूला कलेज त्रिभुवन विश्व विद्यालय केन्द्रीय क्याम्पस र ईन्जिनियरिङ कलेजमा नेविसंघले आफ्तो जितको झण्डा गाडेको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया