कांग्रेसको निर्णयले प्रचण्डलाई राहत, मन्त्रालय र मन्त्रीबारे देउवालाई अधिकार
काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ ।
काठमाडौंमा आइतबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको केन्द्रीय सदस्य सुनिलबहादुर थापाले बताएका छन् । उनले भने, ‘प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृतवको सरकारलाई विश्वासको मत दिने निर्णय भएको छ । त्यसका साथै सरकारमा जाने निर्णय पनि भएको छ ।’
प्रधानमन्त्री दाहालले भोलि सोमबार प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन् । कांग्रेसले विश्वासको मत दिने निर्णय गरेपछि प्रधानमन्त्री दाहाललाई राहत मिलेको छ ।
कांग्रेसले सरकारमा जाने निर्णय गरे पनि क–कसलाई पठाउने भन्नेबारेमा कुनै निर्णय गरेको छैन । केन्द्रीय कार्यसम्पादन समितिले सभापति शेरबहादुर देउवालाई मन्त्रालयको संख्या, भागबण्डा र मन्त्रीहरूको नाम टुंगो लगाउने जिम्मेवारी दिएको छ ।
कांग्रेसले १० वटा मन्त्रालय माग गरेको छ । सहमति हुँदा कांग्रेसले ८ देखि १० सम्म मन्त्रालय पाउने सम्भावना छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया