यादवले जितेपछि बानेश्वरमा एमालेले फेरि ‘हावा’ खायो
काठमाडौं । उप–राष्ट्रपतिमा जनता समाजवादी पार्टी, नेपाल (जसपा)का नेता रामसहायकप्रसाद यादव निर्वाचित भएका छन् ।
शुक्रबार नयाँ बानेश्वरस्थित संसद भवनमा भएको मतदानमा यादवले ३० हजार ३ सय २८ मत प्राप्त गरी उप–राष्ट्रपति पदमा निर्वाचित भएको निर्वाचन अधिकृत महेश शर्मा पौडेलद्वारा जारी सूचनामा उल्लेख छ ।
यादवले पाँच सय १३ मत ल्याउँदा एमालेकी उप–राष्ट्रपति पदकी उम्मेदवार नेतृ अष्टलक्ष्मी शाक्यले दुई सय ७३ मत ल्याएकी छिन् ।
यादवले प्रदेशतर्फ तीन सय २९ र संघतर्फ एक सय ८४ तथा शाक्यले प्रदेशतर्फ एक सय ६९ र संघतर्फ एक सय चार मत पाएकी छिन् ।
यादवले कुल ३० हजार तीन सय २८ मतभार पाएका छन् । एमालेकी शाक्यको मतभार १६ हजार तीन सय २८ छ । प्रतिनिधि सभाका सांसदको मतभार ७९ र प्रदेश सांसदको ४८ मतभार कायम गरिएको थियो ।
निर्वाचनमा कुल ५२ हजार ६ सय २८ मतभार कायम छ । यादवलाई समर्थन गरेकी जसपाकै प्रमिला कुमारीलाई समेत प्रदेशतर्फ एक मत प्राप्त भएको छ ।
जनमत पार्टीबाट उप–राष्ट्रपति पदमा उम्मेदवारी दिएकी ममता झाले प्रदेशतर्फ १५ र संघतर्फ २३ मत पाएकी छिन् ।
प्रतिनिधि सभा र राष्ट्रिय सभाका तीन सय ३२ तथा प्रदेश सभाका पाँच सय ५० मतदाता रहेकामा प्रतिनिधि सभातर्फ तीन सय ११ र प्रदेशतर्फ पाँच सय १८ मत खसेको थियो । प्रदेश सभातर्फ चार मत बदर भएको छ ।
मतदान प्रक्रियामा प्रतिनिधि सभामा ३११ मत र प्रदेश सभातर्फ ५१८ मत खसेको थियो । उप–राष्ट्रपति पदमा एमालेले अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाएको थियो ।
जनमत पार्टीले ममता झालाई उप–राष्ट्रपति पदको उम्मेदवार बनाएको थियो । जसपाकी प्रमिला कुमारीले आफ्नो उम्मेदवारी उप–राष्ट्रपति पदबाट फिर्ता लिए पनि प्रदेश सभाबाट १ मत अर्थात ४८ मतभार पाएकी थिइन् । मतदानका क्रममा प्रदेश सभातर्फ ४ मत बदर भएको छ ।
उप–राष्ट्रपति पदमा निर्वाचित भएका जसपाका नेता यादवलाई नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी लगायतको समर्थन थियो ।
उप–राष्ट्रपति पदको उम्मेदवार बनेकी एमालेकी शाक्य र जनमत पार्टीकी झा सांसद होइनन् । उनीहरूले आफैलाई मतदान गर्न पाएनन् ।
उप–राष्ट्रपति पदमा निर्वाचित भएपछि यादवको सांसद पद पनि गएको छ । यादव बाराबाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए । उनले अब आफ्नो पार्टी जसपाबाट पनि राजीनामा दिनेछन् ।
यसअघि, एमालेले राष्ट्रपति पदमा पन पराजय भोग्नु परेको थियो । एमालेको अहँकारका कारण एक्लिएको छ । उप–राष्ट्रपतिमा पनि एमालेले हावा खाएको छ ।







बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया