पौडेलद्वारा किशुनजी र पुष्पलालको शालिकमा माल्यार्पण, स्वयम्भूनाथमा पनि दर्शन
काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री स्व.कृष्णप्रसाद भट्टराई ‘किशुन’जीको शालिकमा माल्यार्पण गरेका छन् ।
शनिबार दिउँसो बाडेगाउँ, ललितपुरमा रहेको ‘किशुनजीको आश्रम’मा पुगेर पौडेलले किशुनजीको शालिकमा माल्यार्पण गरेका हुन् ।
किसुनजीको आश्रममा केही समय बिताएका राष्ट्रपति पौडेल कीर्तिपुरस्थित पुष्पलाल स्मृति उद्यानमा पुगेर स्व.पुष्पलाल श्रेष्ठको शालिकमा माल्यार्पण गरेका छन् ।
उद्यानमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहितका नेताहरूको उपस्थिति रहेको थियो ।
यसअघि, राष्ट्रपति पौडेलले पशुपतिनाथ मन्दिर, गुह्वेश्वरी मन्दिर र स्वयम्भूनाथ गुम्बा (मन्दिर)को दर्शन तथा पूजा गरेका छन् । शुक्रबार पाैडेलले सुन्दरीजलस्थित स्व.वीपी काेइरालाकाे शालिकमा माल्यार्पण गरेका थिए ।
ती मन्दिर र गुम्बामा जाने क्रममा राष्ट्रपति पौडेलले सडक पूरै खाली गराउन दिएनन् । सर्वसाधारण जस्तै गरेर मन्दिर र गुम्बामा गएका थिए ।



बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया