सत्ता गठबन्धनलाई उप-राष्ट्रपतिमा पनि शुभसंकेत
काठमाडौं । सत्तारुढ गठबन्धनको तर्फबाट उप–राष्ट्रपति पदमा रामसहायप्रसाद यादवले मनोनयन दर्ता गराएका छन् ।
शनिबार संसद भवन नयाँ बानेश्वरमा यादवले उप–राष्ट्रपति पदमा मनोनयन दर्ता गराएका हुन् । जनता समाजवादी पार्टी नेपाल (जसपा)को संसदीय दलका नेता यादवलाई १० दलको समर्थन छ ।
यादवको प्रस्तावकमा जसपाका सांसद अशोककुमार राई, प्रदीप यादव, नेकपा (एकीकृत समाजवादी)का सांसद किसान श्रेष्ठ, माओवादी केन्द्रका सांसद शक्ति बस्नेत र नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझी रहेका छन् ।
यादवको समर्थकमा जसपाकी सांसद रेखा यादव र अम्बिका काफ्ले, नेकपा (एकीकृत समाजवादी)का सांसद प्रकाश ज्वाला र भानुभक्त जोशी, राष्ट्रिय सभाका सांसद खिमलाल देवकोटा रहेका छन् ।
यादवलाई दश दलको समर्थन रहेकाले जित सुनिश्चित जस्तै रहेको दाबी गरिएको छ । सत्ता गठबन्धनबाटै जनमत पार्टीकी ममता झा पनि उम्मेदवारी दर्ता गराउन संसद भवन पुगेकी छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया