सत्ता गठबन्धनलाई उप-राष्ट्रपतिमा पनि शुभसंकेत

काठमाडौं । सत्तारुढ गठबन्धनको तर्फबाट उप–राष्ट्रपति पदमा रामसहायप्रसाद यादवले मनोनयन दर्ता गराएका छन् ।

शनिबार संसद भवन नयाँ बानेश्वरमा यादवले उप–राष्ट्रपति पदमा मनोनयन दर्ता गराएका हुन् । जनता समाजवादी पार्टी नेपाल (जसपा)को संसदीय दलका नेता यादवलाई १० दलको समर्थन छ ।

यादवको प्रस्तावकमा जसपाका सांसद अशोककुमार राई, प्रदीप यादव, नेकपा (एकीकृत समाजवादी)का सांसद किसान श्रेष्ठ, माओवादी केन्द्रका सांसद शक्ति बस्नेत र नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझी रहेका छन् ।

यादवको समर्थकमा जसपाकी सांसद रेखा यादव र अम्बिका काफ्ले, नेकपा (एकीकृत समाजवादी)का सांसद प्रकाश ज्वाला र भानुभक्त जोशी, राष्ट्रिय सभाका सांसद खिमलाल देवकोटा रहेका छन् ।

यादवलाई दश दलको समर्थन रहेकाले जित सुनिश्चित जस्तै रहेको दाबी गरिएको छ । सत्ता गठबन्धनबाटै जनमत पार्टीकी ममता झा पनि उम्मेदवारी दर्ता गराउन संसद भवन पुगेकी छन् ।

Published : Saturday, 2023 March 11, 1:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया