रञ्जितालाई उप–राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय, जसपा हेरेको हेरै
काठमाडौं । रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले संसदीय दलको नेता रञ्जिता श्रेष्ठ चौधरीलाई उप–राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
शुक्रबार बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको पार्टीको सचिवालय बैठकले रञ्जितालाई उप–राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको नाउपाका प्रमुख सचेतक गंगाराम चौधरीले जानकारी दिएका छन् ।
नेपाली कांग्रेसका उप–सभापति पूर्णबहादुर खड्काले जनता समाजवादी पार्टी नेपाल (जसपा)लाई उप–राष्ट्रपति दिने सहमति भइनसकेको बताएकै बेला नाउपाले रञ्जितालाई उप–राष्ट्रपतिमा अगाडि सारेको छ ।
सत्ता गठबन्धनको तर्फबाट जसपाका नेता रामशहाय यादवलाई उप–राष्ट्रपतिको उम्मेदवार बनाउने भन्ने यसअघि समाचार आएका थिए ।
Published : Friday, 2023 March 10, 12:48 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया