कांग्रेस उप-सभापति खड्काको खुलासाले जसपालाई झट्का, अब कसले पाउँछ उप–राष्ट्रपति ?
काठमाडौं । नेपाली कांग्रेसका उप–सभापति पूर्णबहादुर खड्काले उप–राष्ट्रपति जनता समाजवादी पार्टी नेपाल (जसपा)लाई दिने निर्णय भइ नसकेको बताएका छन् ।
ललितपुरको बाडेगाउँमा शुक्रबार बिहान पत्रकारहरूसँग कुरा गर्दै खड्काले ८ दलहरूको बैठक बसेर उप–राष्ट्रपतिमा उपयुक्त निर्णय लिने बताएका हुन् । उनले उप–राष्ट्रपति निर्वाचनबारे केही समझदारी भए पनि जसपालाई नै दिनेबारे निर्णय नभएको बताएका छन् ।
उनले छिट्टै गठबन्धनको बैठक बसेर उप–राष्ट्रपतिको उम्मेदवारका बारेमा औपचारिक निर्णय गर्ने बताएका छन् । उप–सभापति खड्काले भने, ‘उप–राष्ट्रपति निर्वाचनबारे केही समझदारी, सहमति भएका छन् । प्रधानमन्त्रीजीले त्यसको संयोजन गर्नुहुनेछ ।’
‘सम्बन्धित दल र नेताहरूको बैठक बोलाएर औपचारिक रूपमा निर्णयमा पुग्छौँ’, उनले भने, ‘दलहरूबीच सहमति गरेर उप–राष्ट्रपतिको निर्वाचनमा पनि सकारात्मक परिणाम आउनेछ ।’
‘जसपालाई उप–राष्ट्रपति दिने कुरा आठ दलबीच प्रवेश गरिसकेका छैन’, खड्काले भने, ‘त्यसैले आठ दलको बैठक बसेर औपचारिक निर्णय हुन्छ ।’
उप–सभापति खड्काले पदको लोभका कारण पुस १० मा कांग्रेससहितको गठबन्धन भत्किएको स्वीकार गरेका छन् । उनले कांग्रेस र माओवादीलाई दुईतिर राखेर एमालेसँग सहमति नहुने बताएका छन् ।
जसपाले संसदीय दलका नेता रामसहायप्रसाद यादवलाई उप–राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । कांग्रेसका उप–सभापति खड्काको यो अभिव्यक्तिले जसपालाई ठूलो झट्का लागेको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया