राष्ट्रपतिमा निर्वाचित हुनेवित्तिकै पौडेलले धर्मसंस्कृति सम्झिए, पशुपति, गुह्वेश्वरी र स्वयम्भूनाथको दर्शन

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरमा दर्शन तथा पूजाआजा गरेका छन् ।

शुक्रबार बिहान पशुपतिनाथ मन्दिरमा पौडेलले पूजा गरेका हुन् । उनले प्रसाद पनि ग्रहण गरेका छन् । राष्ट्रपति पौडेलले गुहेश्वरी मन्दिरमा पनि पूजा गरेका छन् ।

पौडेलले सुन्दरीजलस्थित वीपी संग्राहालयमा पनि गएका छन् । पौडेलले प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक वीपी कोइरालालगायत नेताको शालिकमा माल्यार्पण गरेका छन् । उनले वीपी संग्रहालयको अवलोकन गरेका छन् ।

नवनिर्वाचित राष्ट्रपति पौडेलले दर्शन तथा पूजाआजाका लागि स्वयम्भूनाथ पनि जाने कार्यक्रम छ । नवनिर्वाचित राष्ट्रपति पौडेलले पद तथा गोपनीयता शपथ यही फागुन २९ गते लिनेछन् ।

Published : Friday, 2023 March 10, 12:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया