रामहरि खतिवडाले पौडेल र नेम्वाङलाई टहरामा यसरी मिलाइदिए

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाका सांसद रामहरि खवितडाले राष्ट्रपति निर्वाचनका क्रममा दुई उम्मेदवार रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङलाई एकै ठाउँमा राखेर हात मिलाउने अवस्था सिर्जना गरिदिएका छन् ।

बिहीबार संसद भवन नयाँ बानेश्वरमा मतदान चलिरहेका बेला बाहिर परिसरमा रहेकाे टहरामा खतिवडाले राष्ट्रपतिका उम्मेदवार पौडेललाई हातमा समाएर नेम्वाङको नजिक लगेर हात मिलाउन लगाएका थिए । खतिवडाले ‘तपाईहरू दुबै जनाले हात मिलाएर एकअर्कालाई शुभकामना दिनुस्’ भनेपछि दुबैले हात मिलाएका थिए ।

त्यसपछि पौडेल र नेम्वाङले पत्रकारहरूसँग कुराकानी गरेका थिए । उनीहरूले आफू–आफूलाई मत मागेका थिए ।

नेपाली कांग्रेसबाट आठ दलको समर्थनमा राष्ट्रपतिका उम्मेदवार बनेका पौडेलले जितमा निश्चित देखिएका थिए । एमालेबाट राष्ट्रपति पदको उम्मेदवार बनेका नेम्वाङ निराश र हतास देखिएका थिए ।

मतदानका क्रममा एमालेका सांसदहरू फाटफुट आएर सुटुक्क मतदान गरेर जाने गरेका थिएका थिए । कांग्रेससहितका दलहरूका सांसद भने लामो समयसम्म बसेका थिए ।

Published : Thursday, 2023 March 9, 11:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया