पौडेलले नेपाललाई घरमै पुगेर धन्यावाद दिए, खुसी साटासाट
काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेर धन्यावाद दिएका छन् ।
बिहीबार साँझ पौडेलले कोटेश्वरस्थित निवासमै पुगेर अध्यक्ष नेपाललाई धन्यावाद दिएका हुन् । अध्यक्ष नेपालले पनि पौडेललाई राष्ट्रपति पदमा निर्वाचित भएकोमा बधाइ तथा शुभकामना दिएका छन् ।
पौडेल र नेपालबीच केही बेर कुराकानी भएको थियो । कुराकानीका क्रममा उनीहरूका बीच संविधानको रक्षाका बारेमा परामर्श भएको छ ।
नवनिर्वाचित राष्ट्रपति पौडेलले आफू संविधानको रक्षा गर्न प्रतिवद्ध रहेको बताएका छन् । उनले जनता र राष्ट्रपतिबीचको सम्बन्ध कसरी सुमधुर बनाउन सकिन्छ त्यसमा पनि पहल गर्ने आश्वासन दिएका छन् ।
अध्यक्ष नेपालले पनि पौडेललाई संविधान, लोकतन्त्र, गणतन्त्रको रक्षामा केन्द्रित हुन सुझाव दिएका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया