एमालेका सुवास नेम्वाङले कसरी ल्याए तीन भोट धेरै ?
काठमाडौं । राष्ट्रपति पदको निर्वाचनमा पराजित भएका एमालेका उम्मेदवार सुवास नेम्वाङले तीन आफूले पाउनेभन्दा तीन मत बढि पाएका छन् ।
संघीय संसदमा एमालेको ९५ सांसद छन् । राष्ट्रपति निर्वाचनमा एमालेका उम्मेदवार नेम्वाङलाई ९८ सांसदले मत दिएका छन् ।
नेम्वाङल विमला राई पौडेल, बामदेव गौतम र योगेन्द्र मण्डलले मत दिएको अनुमान छ ।
राष्ट्रिय सभाकी सांसद विमला राई पौडेल सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा मनोनीत सांसद हुन् । उनी एमाले नै हुन् । राष्ट्रिय सभाका अर्का सांसद वामदेव गौतम पनि सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत सांसद हुन् ।
उनी पनि एमालेका पूर्व नेता हुन् । एमालेबाट बिद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका सांसद योगेन्द्र मण्डलले नेम्वाङलाई मत दिएको अनुमान छ । मण्डल हाल एमालेमा प्रवेश गरेका छन् ।
प्रदेश सभामा एमालेका १६२ सांसद छन् । प्रदेशतर्फ नेम्वाङले १६२ सांसदको मत पाएका छन् । नेम्वाङले राष्ट्रपति निर्वाचनमा १५ हजार ५ सय १८ मतभार ल्याएका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया