बालुवाटारमा पौडेललाई प्रचण्डद्वारा भव्य स्वागत, एकअर्कालाई अँगालो हालेर खुसी बाँडे
काठमाडौं । राष्ट्रपति पदमा निर्वाचित भएपछि रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बालुवाटारमा पुगेर धन्यावाद दिएका छन् ।
बिहीबार साँझ प्रधानमन्त्री बालुवाटारमा पुगेर पौडलले दाहाललाई धन्यावाद दिएका हुन् । प्रधानमन्त्री दाहालले पनि
नवनिर्वाचित राष्ट्रपति पौडेललाई बालुवाटारमा भव्य स्वागत गरेका छन् । पौडेलसँगै उनकी श्रीमती सविता पौडेल पनि बालुवाटार पुगेकी छिन् ।
प्रधानमन्त्री दाहालले पौडेललाई खादा ओढाएर स्वागत गरेका छन् । पौडेल र दाहालले एकअर्कालाई अँगालो हालेर बधाइ साटासाट गरेका छन् ।
एमालेका राष्ट्रपति पदका उम्मेदवारलाई नराम्रोसँग हराउँदै पौडेल राष्ट्रपति पदमा निर्वाचिन भएका थिए ।
पौडेललाई नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टीको समर्थन थियो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीले कसैलाई मत नहाल्ने निर्णय गरेका थिए ।

बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया