शोकमा परेको एमालेका नेता गोकुल बास्कोटाद्वारा पौडेललाई दिए पूर्वाग्रही बधाइ
काठमाडौं । एमालेका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाका सांसद गोकुल बास्कोटाले आलोचनात्मक रुपमा बधाइ दिएका छन् ।
पौडेल बिहीबार राष्ट्रपति पदमा निर्वाचित हुनेवित्तिकै एमालेका नेता बास्कोटाले विगतका कुरा कोट्याउँदै बधाइ दिएका हुन् ।
उनले भनेका छन्, ‘नेपालको राष्ट्रपति जस्तो गरिमामय पदमा निर्वाचित हुनु भएकोमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलज्यूलाई हार्दिक बधाइ !’
एमालेका नेता पूर्वाग्रही तरिकाले लेखेका छन्, ‘सभामुख हुँदाको जस्तो पूर्वाग्रही व्यवहार कसैप्रति नहोस् र सडकजाम त आजैबाट अन्त भैहाल्छ !’
एमालेबाट राष्ट्रपति पदका उम्मेदवार सुवासचन्द्र नेम्वाङ झण्डै आधा मतअन्तरले पराजित भएपछि एमालेका नेताहरू आक्रोशित बनेका छन् ।
एमालेका उम्मेदवार नेम्वाङलाई अर्को कुनै पनि दलका सांसदहरूले मतदान गरेनन् । चारैतिरबाट एक्लिएको एमाले शोकमा परेको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया