शीतलनिवासबाट निस्कदा जनतालाई सास्ती हुन नदिने रामचन्द्रको घोषणा

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलले आफू राष्ट्रपतिमा निर्वाचित भएमा शीतलनिवासबाट बाहिर आउँदा ट्राफिक जाम हुन नदिने बताएका छन् ।

बिहीबार राष्ट्रपतिमा मतदान गरेपछि पत्रकारहरूसँग बोल्दै पौडेलले आफू राष्ट्रपतिमा निर्वाचित भएमा शीतल निवासबाट बाहिर निस्कँदा जनताले सास्ती व्यहोर्नु नपर्ने बताएका हुन् ।

पौडेलले राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा सडकमा जाम नहुने बताए । उनले आफू राष्ट्रपति निर्वाचित भएमा उदाहरणीय काम गर्ने बताएका छन् ।

उनले भने, ‘राजतन्त्रको राष्ट्रप्रमुख र गणतन्त्रको राष्ट्रप्रमुखबीच भिन्नता तपाईंहरूले देख्नुहुनेछ ।’

‘शीतलनिवासबाट राष्ट्रपति बाहिर निस्कँदा जनताले सास्ती व्यहोर्नु पर्दैन’, पौडेलले भनेका छन् ।

उनले ८ दलका सांसदहरूले आफूलाई सहयोग गर्ने र निर्वाचित हुनेमा आफू ढुक्क रहेको बताएका छन् ।

Published : Thursday, 2023 March 9, 11:00 am

फेसबुकबाट तपाईको प्रतिक्रिया