इन्जिनमा आगो लागेपछि श्री एयरलाइन्सको जहाज सकुशल अवतरण
काठमाडौं । श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो लागेको देखिएपछि काठमाडौं फर्काएर सुरक्षित अवतरण गराइएको छ ।
बिहीबार बिहान काठमाडौंबाट भैरहवाका लागि उडेको जहाजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण गराइएको छ ।
उडान नं. ८२१ को जहाजको इन्जिनमा आगो देखिएपछि धादिङको थाक्रेबाट फर्किएको थियो । जहाजमा रहेका चालक दलका सदस्य र यात्रुहरू सबै सकुशल छन् ।
काठमाडौंबाट उड्नासाथ जहाजको इन्जिनमा आगो देखिएको भनेर चालक दलका सदस्यले टावरलाई जानकारी गराएको बुझिएको छ ।
आगो देखिएको सूचना पाएपछि टावरले जहाजलाई काठमाडौं फर्काइएको थियो ।
श्री एयरलाइन्स र नेपाल नागरिक उड्डयन प्राधिकरणले जहाजमा आगो देखिएको विषयमा केही भनेका छैनन् ।
Published : Thursday, 2023 March 9, 10:18 am
बिचार/ब्लग
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया