कांग्रेससहित गठबन्धन र राप्रपाका नेताहरूबीच भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका नेताहरूले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताहरूलाई भेट गरेर राष्ट्रपति निर्वाचनमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई मतदान गर्न आग्रह गरेका छन् ।

सोमबार धुम्बाराहीस्थित राप्रपाको पार्टी कार्यालयमा कांग्रेस र राप्रपाका नेताहरूबीच भेट भएको हो । कांग्रेसका नेताहरूले राष्ट्रपति निर्वाचनमा पौडेललाई भोट मागेका हुन् ।

राष्ट्रपति निर्वाचन २५ गते हुँदैछ । कांग्रेसबाट वरिष्ठ नेता पौडेल राष्ट्रपति निर्वाचनमा उम्मेदवार बनेका छन् ।

राप्रपाले राष्ट्रपति निर्वाचनमा कसलाई भोट दिने हो केही भनेको छैन । कांग्रेसका नेताहरूले राप्रपासँग भोटको अपेक्षा गरेका छन् ।

Published : Monday, 2023 March 6, 7:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया