देउवा र आरजुसँग सुवास नेम्वाङद्वारा भेटवार्ता
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग राष्ट्रपतिका उम्मेदवार एमालेका नेता सुवास नेम्वाङले भेटवार्ता गरेका छन् ।
सोमबार धुम्बाराहीस्थित निवासमा पुगेर नेम्वाङले सभापति देउवासँग आफ्नो पक्षमा भोट मागेका हुन् । देउवा र नेम्वाङबीच भएको भेटमा आरजु राणाको पनि उपस्थिति रहेको थियो ।
नेम्वाङले फागुन २५ गते हुन लागेको राष्ट्रपति निर्वाचनमा आफू उम्मेदवार रहेको र सहयोग गर्न आग्रह गरेको स्रोतले जनाएको छ । सभापति देउवाले एमालेसँग सहकार्य गरेर जान नसकिने जवाफ नेम्वाङलाई दिएका छन् ।
सभापति देउवाले कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई ८ दलीय गठबन्धनका तर्फबाट उम्मेदवार बनाएको जवाफ दिएका छन् ।
देउवाले नेम्वाङलाई राम्रो उम्मेदवार र नेता भएको भन्दै राष्ट्रपतिमा कांग्रेसको उम्मेदवार रहेको बताएका छन् ।
सभापति देउवाको जवाफ सुनेपछि एमालेका नेता तथा राष्ट्रपतिका उम्मेदवार नेम्वाङ निराश भएर फर्किएको एक नेताले बताएका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया