मुस्ताङ प्रकरणबारे मुस्ताङ कांग्रेसले बोल्यो, बौद्ध धर्मालम्बीहरूलाई अपमान नगर्न चेतावनी
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री रोमी गौचन थकालीले एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री खड्गप्रसाद ओलीद्वारा दिइएको अभिव्यक्तिको भर्त्सना गरेका छन् ।
मुस्ताङ कांग्रेसका सभापति समेत रहेका पूर्वमन्त्री थकालीले सोमबार प्रेस नोट जारी गरेर ओलीका अभिव्यक्तिले बौद्धधर्मालम्बीहरूप्रति घोर अपमान गरेको बताएका छन् ।
थकालीले भनेका छन्, ‘विश्व शान्तिका अग्रदूत एवं मानव कल्याणको लागि मात्र नभइ सम्पूर्ण प्राणी जगतको कल्याणको लागि भगवान गौतम बुद्धका शाक्य बौद्धमार्गीद्वारा विशुद्ध धार्मिक संरक्षण र संवर्द्धनका लागि गरिएको प्रयासलाई पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी ओलीज्यूबाट व्यक्त भएका भनाईहरू भर्त्सना योग्य छन् ।’
‘उहाँको यी अभिव्यक्तिहरूले सिंगो शान्तिका अनुयायी बौद्ध धर्मावलम्बीहरूको घोर अपमान भएको महशुस भएको छ’, कांग्रेस नेता थकालीले भनेका छन् ।
‘मुलुकको स्वाधीनता, सार्वभामिकता, सन्तुलित र भरपर्दो छिमेक राष्ट्रसंगको सम्वन्धमा स्वाभिमानी मुस्ताङका जनताहरू सजक छन्’, थकालीले भनेका छन् ।
‘मुलुकको दुई पटक प्रधानमन्त्री भै सक्नुभएको व्यक्तिलाई प्रभावित कलेज स्थापना हुने स्थान निषेधित क्षेत्रभित्र नपर्ने कुरा हेक्का हुनुपर्ने हो’, पूर्वमन्त्री थकालीले भनेका छन् ।
‘हाम्रा लागि मुलुक नै सर्वोपरी भएकोले प्रस्तावित बौद्ध कलेज देशको हितविपरीत हुने भए प्रमाण दिनु हुन समेत पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको ध्यानाकर्षण गर्दछु ।’
कही दिन यता सञ्चारमाध्यमहरूमा मुस्ताङ जिल्लाको बारहगाउँ–मुक्तिक्षेत्र गाउँपालिका– ५ फलेक गाउँमा निर्माण गरिने भनिएको कलेजस्तरको बौद्ध शिक्षा र नियमित नेपाली शिक्षा संचालन गर्न आर्थिक सहयोगको लागि भारतीय दूतावासलाई गरेको अनुरोधलाई लिएर संप्रेक्षित समाचारप्रति जिम्मेवार राजनीतिककर्मीको नाताले प्रतिक्रिया दिएको थकालीले जनाएका छन् ।
मुस्ताङसँग जोडिएर आएका समाचारप्रति आफ्नो र नेपाली कांग्रेस मुस्ताङको गम्भीर ध्यान आकर्षण भएको उनले जनाएका छन् ।
उक्त प्रस्तावित कलेजलाई आर्थिक श्रोत जुटाउने शिलशिलामा आर्थिक सहयोगबारे बारहगाउँ–मुक्तिक्षेत्र गाउँपालिकाका प्रमुख रिंजिन गुरुङ (एमाले) ले भारतीय दूतावासमा लेखेको पत्र सार्वजनिक भै सकेको अवस्था रहेको नेता थकालीले बताएका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया