शेरबहादुर देउवा नेपाली राजनीतिको लिओनेल मेस्सी हाे : मोहन बस्नेत
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले सभापति शेरबहादुर देउवालाई लिओनेल मेस्सीको संज्ञा दिएका छन् ।
गृहजिल्ला सिन्धुपाल्चोकमा स्थानीय नेता, कार्यकर्ताहरूसँगको भेटघाटका क्रममा बस्नेतले सभापति देउवामा सहि समयमा राजनीतिक गोल गर्ने क्षमता रहेको बताएका हुन् ।
नेता बस्नेतको भनाइ उदृत गर्दै कांग्रेसका स्थानीय नेताहरूले भनेका छन्, ‘मोहनबहादुर बस्नेतज्यूले सभापति शेरबहादुर देउवामा नआत्तिएर सरल रुपमा राजनीति गर्ने परम्परा छ । नेपाली राजनीतिमा देउवा लिओनेल मेस्सी हो ।’
नेता बस्नेतले सभापति देउवाले पार्टीलाई मिलाएर लगेकै कारण तथा सबैको कुरा सुनेकाले राजनीतिमा सफल भएको बताएका छन् ।
प्रदेश र प्रतिनिधि सभाको निर्वाचन सक्किएर सरकार बनाउने बेला केही त्रुटिका कारण कांग्रेस र माओवादी केन्द्रको सम्बन्ध बिग्रिएर सत्ताभन्दा बाहिर गएको थियो ।
सत्ताभन्दा बाहिर गए पनि पुनः कांग्रेस र माओवादीलाई देउवाले एक ठाउँमा ल्याइदिए । सभापति देउवा र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुनः पुरानो गठबन्धनलाई ब्यूँताइदिए ।
गठबन्धन भत्किएर एमाले र माओवादीको नयाँ गठबन्धन बन्दा सभापति देउवालाई केही स्वार्थी समूहले निकै गाली गरेका थिए । तर, देउवा आत्तिएनन् । देउवाले पुनः पुरानो गठबन्धनलाई ब्यूँताएर राजनीतिक सफलता ल्याइदिएका छन् ।
सभापति देउवासँगको परामर्शमा नेता बस्नेतले माओवादीका अध्यक्ष प्रचण्डसहित दोस्रो तहका नेताहरूसँग परामर्श गरेर देउवा र प्रचण्डलाई नजिक ल्याउन भूमिका खेलेका थिए । त्यसको सूत्रपात मध्यबानेश्वरमा रहेको बस्नेतको सम्पर्क कार्यालयबाट भएको थियो ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया