सरकारद्वारा खड्गप्रसाद ओलीको झुठको पर्दाफास, नाङ्गेझार बन्यो एमाले
काठमाडौं । सरकारले एमालेका अध्यक्ष खड्गप्रसाद ओलले दिएका अभिव्यक्तिलाई लिएर गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सञ्चार, सूचना तथा प्रविधिमन्त्री एवम् नेपाल सरकारकी प्रवक्ता रेखा शर्माले आइतबार प्रेस विज्ञप्ति जारी गरेर मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा सरकारले कुनै अमूक देशको प्रस्तावमा कुनै अर्को देशलाई लक्षित गरि विश्वविद्यालय स्थापना थालेको भन्ने अभिव्यक्ति भ्रमपूर्ण रहेको बताएकी छिन् । उनले भनेकी छिन्, ‘नेपाल सरकारले यससम्बन्धी कुनै पनि निर्णय नगरेको स्पष्ट गर्न चाहन्छौं ।’
मन्त्री शमाले भनेकी छिन्, ‘पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद ओलीको भनाइ भनी सञ्चारमाध्यममा सार्वजनिक भएको समाचारप्रति नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको छ । यससम्बन्धमा नेपाल सरकारको धारणा स्पष्ट गर्न चाहन्छौं ।’
‘यसम्बन्धमा मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले कलेज स्थापनाका लागि सहयोग गर्न अनुरोध गर्दै भारतीय दूतावासमा पत्र लेखेको भन्ने समाचार सार्वजनिक भएकाले यससम्बन्धमा के भएको हो सोको अध्ययन र आवश्यक छानविन गरि सत्य तथ्य सार्वजनिक गर्ने व्यहोरा जानकारी गराउन चाहन्छौं’, विज्ञप्तिमा भनिएको छ ।
‘प्रधानमन्त्री र नेपाल सरकारलाई आक्षेप लगाउने गरि तथ्यहीनरुपमा यस्ता विषय श्रृंखलाबद्धरुपमा सार्वजनिक हुनु दुखद् छ’, मन्त्री शर्माले भनेकी छिन्, ‘परराष्ट्र नीतिमाथि आँच पुर्याउने गरि यस्ता अभिव्यक्ति आउनु उपयुक्त होइन ।’
मन्त्री शर्माले भनेकी छिन्, ‘मुलुकको सार्वभौमिकता, अखण्डता, राष्ट्रियहीत एवं स्वतन्त्र र सन्तुलित कुटनीतिका पक्षमा नेपाल सरकार दृढतापूर्वक उभिएको छ ।’
‘नेपाल निरन्तर असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तप्रति प्रतिबद्ध रहेको छ’, प्रवक्ता शर्माले भनेकी छिन्, ‘यस्ता भ्रमपूर्ण अभिव्यक्तिहरूबाट भ्रमित नहुनसमेत सञ्चारमाध्यम र आम जनसमुदायमा हार्दिक अपील गर्दछौं ।’
यसअघि, शनिबार राजधानीमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष ओलीले उपल्लो मुस्ताङमा बौद्ध कलेज खोल्ने तयारी विदेशीहरूको खेलमैदान बनाउने योजनाअनुसार अघि बढाइएको बताएका थिए । ओलीले बौद्ध कलेज बनाउने कुरा राष्ट्रियतामाथिको प्रहार भएको बताएका थिए ।
‘मुस्ताङमा विश्वविद्यालय(मुस्ताङ बौद्ध कजेल) भनेको विदेशीको दलाली हो । राष्ट्रियतामाथिको प्रहार हो’, उनले भनेका थिए, ‘मित्रराष्ट्र चीनविरुद्धको गद्दारी हो ।’
ओलीले भने, ‘२०३१ साललाई ठूलो स्केलमा दोहो¥याउन खोजिएको हो । आफ्नो देशको सार्वभौमसत्तालाई अस्वीकार गरेको हो । स्वधीनतालाई अस्वीकार गरेको हो ।’
ओलीले विश्वविद्यालयको नाममा अन्य चलखेल भएको बताएका छन् । योजनालाई उनले विदेशीको खेलमैदान बनाउन खोजिएको बताएका छन् । ओलीले त्यहाँको युरेनियममा ध्यान दिइएको आरोप लगाएका छन् ।
‘त्यहीँबाट २०३१ मा वाङ दी अघि बढाइएको थियो । त्यस समयमा चामेभन्दा तल थियो मार्फाको छेउमा थियो’, ओलीले भने, ‘अहिले लोमान्थाङभन्दा माथि लैजान खोजिएको हो । जहाँ मानिस छैन त्यहाँ विश्वविद्यालय ! खास उद्देश्यका पेड मानिसहरू मात्रै बस्छन् त्यहाँ ।’
उनले उक्त योजना धेरै खतरनाक कुरा भएको बताएका छन् । ‘यसको सन्दर्भमा हामी लड्नुपर्छ र विरोध गर्नुपर्छ’, उनले भनेका छन् ।
ओलीले सरकारमाथि विभिन्न लाञ्छना लगाएर परराष्ट्र नीतिमाथि नै धावा बोलेपछि सरकारले ओलीका अभिव्यक्तिहरूको खण्डन गरेको छ ।

बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया